एनआरएनए स्पेनको दादागिरी : समाचार लेखेको भरमा पत्रकार गजुरेललाई कारबाहीको धम्की

लिस्बन,पोर्चुगल ।

युरोपमा बसेर लामो समयदेखि पत्रकारिता गरिरहेका पत्रकार दीपेन्द्र गजुरेललाई समाचार लेखेकै भरमा गैर आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनका अध्यक्ष चिन्तामणी सापकोटाले कार्वाही गर्नेसम्मको धम्की दिएका छन् । पत्रकार गजुरेल स्पेनमा बसेर नेपाल समाचारपत्रका लागि युरोप क्षेत्रको रिपोर्टिङ गर्दै आएका छन्।

गजुरेलले स्पेनको सडक दूर्घनामा पुजन कोइरालाको मृत्यूको समाचार तस्बिर सहित नेपल समाचारपत्रमा लेखेका थिए ।

२८ जुलाई २०१९ मा बसेको गैर आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनका अध्यक्ष चिन्तामणी सापकोटाको अध्यक्षतामा बसेको बैठकले गरेको ६ बुंदे निर्णयमा बुंदा नम्बर ६ मा पत्रकार गजुरेललाई कारबाही गर्ने भनिएको छ । प्रकाशित समाचारले एनआरएनए स्पेनको छविमा आँच आउने कार्य गरेको, लासमाथिको राजनीति गरेको, दुर्घटनमा परि दुःख परेको समयमा अतिरञ्जित गर्दै स्पेनवासी नेपालीको भावनामा खेलको आरोप लगाइएको छ ।

एनआरएन स्पेनको यो निर्णयले कुनै पनि दुर्घटनका समाचार प्रकाशित गर्नबाट संचार माध्यमलाई निरुत्साहित गरिएको पाइन्छ । उक्त निर्णयमा नेपाली दूतावासलाई बदनाम गर्नका लागि विभिन्न व्यक्तिको चरित्र हत्या देखि समाज भाड्ने कार्य गरेको आरोप लगाउदै खेद प्रकट गरिएको छ । उक्त निर्णयमा गजुरेल बिरुद्ध छानविन गरी कारबाहीका लागि अनुशासन समितीलाई सिफारि गर्ने निर्णय पनि गरिएको छ ।

२०६२ सालदेखि पत्रकारिता गर्दै आएका गजुरेल अभिन्युज टेलिभिजन, न्युज २४ टेलिभिजन, हिमालय टेलिभिजन, माउन्टेन टेलिभिजन, आर्थिक अभियान दैनिक, लोकतन्त्र डटकम हुदै हाल नेपाल समाचारपत्रमा आबद्ध छन्।

एनआरएन स्पेनको सो निर्णयले लोकतन्त्रमा सुचनाको र संचारको हक र अभिव्यक्तिमाथि अंकुस लागाउने काम गरेको गरेको भन्दै सर्बत्र आलोचना भएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार