काठमाडौं ।

प्रि–सिजनअन्तर्गत मैत्रीपूर्ण खेलमा स्पेनिस क्लब बार्सिलोनाले इटालियन क्लब नापोलीमाथि संघर्षपूर्ण जित निकालेको छ । नेपाली समयअनुसार बिहीबार बिहान अमेरिकामा भएको खेलमा बार्सिलोनाले नापोलीलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
खेल शुरु भएको ३८ औं मिनेटमा बार्सिलोनाले आग्रता लिएको थियो । सर्जियो बुस्केट्सको गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर, बार्सिलोनाको सो अग्रता धेरैबेर रहन सकेन । गोल गरेको ४ मिनेटमा नै बर्सिलोनाले आत्मघाती गोल गरे ।
बक्सभित्र नापोलीका खेलाडीले हानेको प्रहार बार्सिलोनाका डिफेन्डर सामुएल उम्टिटीलाई पोस्टमा छिराएपछि पहिलो हाफ १–१ मा टुंगियो ।
पहिलो हाफमा एक गोल गरेको बार्सिलोनाले दोस्रो हाफमा पनि एक गोल थप्यो । खेलको ७९औं मिनेटमा इभान राकिटिकले गोल गरे । उक्त गोल नै नियर्णक गोल बन्यो ।
त्यसपछि बाँकी समयमा नापोलीले गोल गर्न सकेन । र, खेल बार्सिलोनाले २–१ ले जित्यो । अब बार्सिलोना र नापोलबीच दोस्रो खेल ३ दिनपछि हुनेछ ।
















