
लिस्बन ।
पोर्चुगलमा नेपाल प्रेस युनियनको स्थापना भएको छ । युनियनसंग आबद्ध रही पोर्चुगलमा क्रियाशील लोकतन्त्रवादी पत्रकारहरुको एक भेलाले हिजो लिस्बनमा युनियनको तदर्थ समिति गठन गरेको हो ।

नेपाली कांग्रेसका प्रबक्ता बिश्व प्रकाश शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले पत्रकार बासु सत्यालको सम्योजकत्वमा सात सदस्यीय समिति गठन गरेको छ ।
समितिको सदस्यहरुमा प्रबल भट्टराई, यादव देवकोटा, पुनम गौतम, श्याम सुवेदी, अनिल पाण्डे र सुरेश जोशी रहेका छन ।
कार्यक्रममा नेपाल प्रेस युनियन काठमाण्डौंका पूर्व अध्यक्ष नारायण अर्यालले शाखा गठनको आवश्यकता र औचित्य माथी प्रकाश पार्दै तदर्थ समितिको घोषणा गरेका थिए।
भेलालाई सम्बोधन गर्दै काङ्ग्रेस प्रवक्ता शर्माले नेपालको लोकतान्त्रिक आन्दोलनमा पत्रकारहरुको महत्वपूर्ण योगदान रहेको बताए । उनले पेशागत मर्यादा र समाजको एकतामा सङ्सङ्गै ध्यान दिन पनि सुझाए ।
भेलाले प्रेस युनियन केन्द्रिय समितिसँग समन्वय गरी छिट्टै अधिवेशन गर्ने निर्णय समेत गरेको छ ।

















