काठमाडौँ।

भारतका लागि पोर्चुगलका नवनियुक्त राजदुत कार्लोस पेरेरा मार्किसले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन्।
राजधानी काठमाडौँमा राष्ट्रपति भवन शितल निवासमा आयोजित एक बिशेष समारोहमा नवनियुक्त राजदुत कार्लोसले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका हुन्। नेपालमा पोर्चुगलको आफ्नो राजदुतावास छैन, बानिज्यदुतावास मात्रै छ।
नेपालका लागि राजदुतावास सम्बन्धी सबै कामकारवाहीहरु पोर्चुगल सरकारको दुतावास नयाँ दिल्लीले हेर्ने गर्दछ।
















