सिनेमाको सर्वाधिक पुरस्कार अमिताभलाई ‘दादा साहेब फाल्के’द्वारा सम्मान गरिने

मुम्बई ।

बलिउड अभिनेता अमिताभ बच्चनलाई भारतीय सिनेमाको सर्वाधिक ठूलो सम्मान दादा साहेब फाल्के पुरस्कार प्रदान गरिने भएको छ  ।

मोदी सरकारका सूचना प्रसारण मन्त्री प्रकाश जावडेकरले ट्वीट गर्दै उक्त खुलासा गरेका हुन्  ।

सम्मान पाउने भएपछि अमिताभले पनि ट्वीटमार्फत् खुसी व्यक्त गरेका छन् । ट्वीटमा अमिताभले लेखेका छन्, ‘कृतज्ञ छु । परिपूर्ण, आभार र धन्यवाद । म केवल एउटा विनयपूर्ण विनम्र अमिताभ बच्चन हुँ ।’

त्यसो त पाँच दशकको फिल्मी करिअरमा ७६ वर्षीय अमिताभले थुप्रै अवार्ड र सम्मान थापिसकेका छन् ।

उनले नेसनल अवार्डमै ह्याट्रिक गरिसकेका छन् भने भारत सरकारले नै प्रदान गर्ने पद्मविभूषण, पद्मश्री र पद्मभूषण सम्मान पाइसकेका छन् ।

फिल्ममा अभिनय गरेर उनले विभिन्न शीर्षक र विधामा १५ फिल्मफेयर अवार्ड र सम्मान जितिसकेका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार