काठमाडौं । यही असोज २४ गतेबाट दर्शकमाझ रिलिजमा आउँदै गरेको फिल्म ‘छ माया छपक्कै’को अर्को प्रोमोसन गीत “माग्ने मुन्द्रे भान्टाङ भुन्टुंग दिपक राज चाही बुढो छ यसपालि त दिपा श्री ब्याउने कुरो छ” सार्वजनिक गरिएको छ । फिल्मको सार्वजनिक ट्रेलरमा बेमेल जोडीको प्रेम–कथालाई प्रस्तुत गरिएको छ, जहाँ दीपकराज गिरीको उमेर ४२ वर्ष र केही अधिकारीको उमेर २४ वर्ष देखाइएको छ ।
रोहित अधिकारी फिल्मस र आमा सरश्वती मुभिजको संयुक्त ब्यानरमा बनेको ‘छ माया छपक्कै’मा दीपकराज गिरी, केकी अधिकारी, केदार प्रसाद घिमिरे, जितु नेपाल, शुपुष्पा भट्ट, प्रकाश घिमिरे, रमा थपलिया, शिशिर बंदेल, अनुराग कुँवर, विष्णु सापकोटा, सविन बास्तोला, बसन्त भट्ट, शारदा गिरी, दीपक क्षेत्री, सुनिता गौतम, बुद्धि तामाङ, रजनी गुरुङ, कुमार गजुरेल लगाएत कलाकारहरु मुख्य भूमिकामा छन् ।
फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । फिल्मको कथा पनि निर्देशक लामा आफैले लेखेका हुन् । फिल्ममा दीपकराज गिरी, केदार प्रसाद घिमिरे, जितु नेपाल र अभिमन्यु निरभीको संवाद रहेको छ, भने रोशन श्रेष्ठको द्वन्द्ध रहेको छ । फिल्मको निर्माताको रुपमा रोहित अधिकारी रहेका छन् ।
कार्यकारी निर्माताको रुपमा केदार प्रसाद घिमिरे र जितु नेपाल रहेको छन्, भने सह–निर्माताको रुपमा ताराचन्द्र बजागाई, सुमन गिरी, केशव न्यौपाने, दीपेन्द्र खनिया, सुरज बम ठकुरी र रविन डाँगी रहेका छन् ।
















