एक्सन सुपरस्टार गोपीचन्द संग ‘चपली हाइट २’ कि परमिताले तेलुगू चलचित्र गर्दै

चलचित्र ‘चपली हाइट २’ मा बोल्ड सिन दिएर चर्चामा आएकी अभिनेत्री परमिता आरएल राणाले पहिलो पटक तेलुगू फिल्ममा अभिनय गर्ने भएकी छन् । तेलुगू चलचित्रका एक्सन सुपरस्टार गोपीचन्दको प्रमुख भूमिका रहने बेनामे चलचित्रमा उनी लिड अभिनेत्रीको रुपमा रहेकी छन् । गोपीचन्दसँग चलचित्रमा उनको जोडी बाँधिएको छ ।

पछिल्लो रिलिज चलचित्र ‘चंगाचेट’ पछि पर्दामा देखिएकी उनको पहिलो तेलुगू चलचित्रको शुक्रबार हैदरवादको एक मन्दिरमा शुभमुहूर्त गरिएको छ । बिनु सुब्रह्मण्यमले चलचित्रको निर्देशन गर्नेछन् । यही चलचित्रबाट उनले निर्देशनमा डेब्यू गर्न लागेका हुन् । निकै ठूलो बजेटमा निर्माण हुने बताइएको चलचित्रलाई विभिएसएन प्रसादले निर्माण गर्दैछन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार