प्रबिन धिताल, लिस्बन ।

नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहको प्रवास संगठन जनप्रगतिशील मोर्चा पोर्तुगलको बिस्तारित बैठक तथा पत्रकार सम्मेलन आइतवार सम्पन्न भएको छ। बिस्तारित बैठक पश्चात् मोर्चाले एक बिज्ञप्ति जारी गर्दै नेपाली राज्यसत्ताको दमनको भर्त्सना समेत गरेको छ। पोर्चुगलमा रहेका नेपालीहरुको समस्याहरुको न्यूनीकरण गर्न मोर्चाले पहल गर्ने समेत निर्णय समेत गरेको छ।
मोर्चाको आइतबार लिस्बन सम्पन्न विस्तारित बैठकले अहिलेको नेपाली राज्यसत्ता र सरकारलाई दलाल, फासीवादी करार गर्दै नेपाली जनताले चलाएको सबैखाले विभेद विरुद्धको मुक्ति आन्दोलनलाई समर्थन गर्दै एक्यवद्धता जनाउने निर्णय गरेको जानकारी दिइएको छ ।
जनप्रगतिशील मोर्चा पोर्तुगलका अध्यक्ष पूर्ण बहादुर विश्वकर्माको अध्यक्षता र युरोप मोर्चाका अध्यक्ष बिष्णु भुजेलको बिशेष आतिथ्यमा सम्पन्न सो कार्यक्रम महासचिव प्रदीप अधिकारीले संचालन गरेका थिए।
कार्यक्रममा बोल्दै अध्यक्ष पूर्ण बहादुर विश्वकर्माले मोर्चाले पोर्तुगलमा बस्नुहुने नेपालीहरुमा आइपर्ने समस्याहरुको न्युनिकरणका लागि आफुहरु सधैं अग्रसर रहेको र मोर्चाले अब बिशेष पहल गर्ने समेत जानकारी दिए ।
















