युवराज कंडेल
काठमाण्डौ । बालाजु प्रहरी वृतको घुस काण्डमा संलग्न वृतका डिएसपी नविनकृष्ण भण्डारीलाई अख्तियारले नियन्त्रणमा लिएर आफ्नो हिरासतमा राखेको छ । असोज ८ गते न्युज २४ टेलिभिजन र अख्तियार दुरुपयोग अनुशन्धान आयोगको टोलीले बालाजु प्रहरी वृतमा घुस लिदाँलिदैँ प्रहरी सहायक निरीक्षकलाई रंगेहात पक्राउ गरेको थियो ।

बालाजु प्रहरी वृतका प्रहरी सहायक निरीक्षक चन्द्रसिंह भाट सहितको टिमले धानेश्वरका गंगा देवानलाई अपहरण गरी उनकी श्रीमती विनिता देवानसँग थुनामुक्त गर्ने बहानामा ५ लाख घुस लिएका थिए । अख्तियारले तत्काल असई भाटसहित बाल सुधार गृह भक्तपुरमा कार्यरत प्रहरी जवान पुष्कर शाह,प्रहरी हवल्दार मनोज यादव र तार्केश्वरमा बालुवा डिपो सञ्चालक बिनोद थापालाई नियन्त्रणमा लिएर अनुशन्धान सुरु गरेको थियो । अनुशन्धानका क्रममा डिएसपी भण्डारीको संलग्नता देखिएकाले उनलाई नियन्त्रणमा लिएर छानबिन भैरहेको अख्तियारले जनाएको छ ।
सर्वसाधारण अपरण गरी फिरौती मागेको बिषयमा भण्डारी माथि पनि अनुशन्धान गर्नुपर्ने भएकाले उनलाई हिरासतमा राखेको अख्तियारले जनाएको छ । अहरणमा परेको गंगा देवान भारतीय सेनामा भर्ती हुनेहरुको लागि गल्लावालको काम गर्थे । असई भाटले भनेको मानिसलाई भारतीयी सेनामा आवेदन नलिएपछी गिरोहनै बनाइ उनको अपहरण गरेका थिए ।
उनलाई अपहरण गरेको लामो समयमा पछि मात्रै बालजु प्रहरी वृतमा पु¥याइ थुनामा राखिएको थियो । थुनाभित्रैबाट उनकी श्रीमती विनीता देवानलाई बारम्बार फोन गरी २० लाख ल्याउन लगाएका थिए । तर पैसा नभएपछी उनी न्युज २४ टेलीजिनमा आएकी थिइन ।
न्यूज २४ टेलिजिनको सिधा कुरा जनतासँगले अख्तियारसँग सहयोगमा स्टीङ अप्रेसन गरी ५ लाख लिदालिदैँ असई भाटलाई नियन्त्रणमा लिएको थियो । बर्दीको सम्मान गरेर नागरिकलाई सुरक्षा दिनु पर्ने बर्दीधारीहरु उल्टै बर्दीको अपमान गरेपनि न्यूज २४ को नजरबाट लुक्न नसक्दा यो रहस्य पर्दाफास भएको हो ।
















