काठमाडौँ । निर्धारित समय भन्दा करिब पाँच घन्टा ढिलोसम्म गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन कार्यक्रम शुरु हुन नसकेपछि मुर्दाबाद र जिन्दाबादको नारावाजी गर्नुका साथै ठेलमठेल र मुठभेडको स्थिति सृजना भएको हो । दिउँसो १ बजेबाट सुरु गरिने भनिएको निर्वाचन कार्यक्रम साँझ सवा ५ बजेमात्रै सुरु भएको हो ।
निर्वाचन कार्यक्रम ढिलो हुँदा सहभागीहरुले सम्मेलनस्थलमा चर्को नाराबाजी गरेका थिए । विद्युयतीय भोटिङ मेशिनमा मतदान गर्ने व्यवस्थासहित निर्वाचन कार्यक्रम सुरु भएको हो । प्रवासमा रहेर पनि सभ्य र शान्त हुन नसकेको भन्दै सो अधिबेशनमा सहभागी कयौले यस्तो प्रवृतिको चर्को आलोचना पनि गरेका छन्।
















