लिस्बन।

मानव बेचबिखन र गैरकानूनी आप्रवास सम्बन्धी अपराधमा सेफले ३१ बर्षीय एक महिलालाई पक्राउ गरेको छ। हम्बरटो डेलगाडो एयरपोर्टबाट बिदेशी मुलकी उनी २६ अक्टोवरमा पक्राउ परेकी हुन्।
ति महिलासँग २७ र ३१ बर्षका अन्य २ बयस्क र १ बर्ष र ७ बर्षका दुई बालबालिकाहरु पनि साथमा रहेको सेफले जनाएको छ। अध्यागमन अधिकारीहरुले उनीहरुको कागजात चेकजाँच गर्दा उचित कागजपत्रहरु नभेटिएपछि सेफका सुरक्षा अधिकारीहरुको जम्मा लगाईएको हो।
पक्राउ परेकी ति महिलालाई आवश्यक कानुनी कारवाहीको लागि आज दिउँसो अदालतमा उपस्थित गराईने सेफले जनाएको छ ।
















