भोला लामिछाने , यूरोप।

प्रख्यात सगरमाथा आरोही स्वर्गीय पासागं ल्हामु शोर्पाकी छोरी दावा फुटी शेर्पाले स्पेनका लागि नेपाली महामहिम राजदूतको रूपमा कार्यभार शुरू गरेकी छिन।
लामो समय अमेरिकामा अध्यन पश्चात मूलुक र प्रबासमा रहनुभएका नेपालीहरूको लागि नै केही गर्ने र आफूले पाएको शिक्षा र सिप लगाउने उनको सोचले बिस्तारै मूर्तरूप दिने समेत बताएकी शेर्पाले भनिन् ‘ भर्खरै आएको छु , मलाई नेपाल सरकारले बिश्वास गरेर म माथि ठूलो आशा गरेको छ। म त्यो आशा र भरोसालाई मर्न दिन्न। ”
स्पेनवासी नेपाली, नेपाल र स्पेनबीच पुलको रूपमा काम गरेर मूलुक र नेपालीको निम्ति लागिपर्नेछु। ” प्रबासी नेपालीहरूका समस्या के कस्ता छन ? ती कुराहरुको अध्ययन गरेर अगाडि बढ्ने छु। ” महामहिम राजदूतले वताईन् ।
स्पेनबाट स्पेनीस नागरीकहरूलाई ठुलो संख्यामा पर्यटकको रूपमा नेपाल भित्र्याउन राजदुतले भुमीका निभाउनुपर्ने देखीन्छ । शेर्पा स्पेनको लागी दोस्रो राजदुत हुन् । पहिलो राजदुत भरत बहादुर रायमाझी थिए ।
















