दाङका बाढी पीडितलाई पोर्चुगलमा रहेका नेपालीहरुको साझा संस्था ” राप्ती समाज पोर्चुगल”ले आर्थिक सहयोग गरेको छ । तुलसीपुर उपमहानगरपालिका भित्र रहेका र हालैको बाढीबाट पिडित भएका १८ घरपरिवारलाई चाडपर्वमा अलिकति भएपनि खुशियालीको अनुभुति दिलाउन ६३ हजार ५ सय रुपैया वितरण गरीएको सो समाजका अध्यक्ष धनिराम पौडेलले भोइस अफ नेपाललाई जानकारी दिनुभएको छ।
बाढीले प्रभावित भएका विपन्न र गरिब परिवारलाई प्रति परिवार तीन हजार र परिवारका सदस्य गुमाएका परिवारलाई प्रति परिवार ५ हजार रुपैयाका दरले तिहार खर्च सो समाजले प्रदान गरेको छ । राज्यबाट कुनै सहयोग नपाएका बेला चाडपर्वको मुखैमा सानै भएपनि प्रवासबाट यसरी सहयोग पाउदा पिडितहरु निकै खुशी भएका छन्। बाढीग्रस्त सो स्थानमा बिशेषत दलित, थारु र जनजातीहरु रहेका छन्।

रहर र बाध्यतावस बिदेशिएका नेपालीहरु संसारको जुनसुकै कुनामा भएपनि आफ्नो ठाउँ र मातृभूमि प्रति निकै सद्भाव राख्दछन र आफ्नो गाउँठाउमा पर्नजाने हरेक साना ठुला बिपत्तिमा परेका मान्छेहरुलाई सहायता गर्छन । राप्ती समाज पोर्तुगलको यो सहयोग कार्यले नाम र पद मात्रैका लागि पोर्तुगलमा खुलेका सयौ संस्थाहरुलाई प्रेरणा मिलोस्।

















