गीत गाएरै समाजसेवा – स्व. जिसीका बच्चाको शिक्षाको लागि गायक ओलीले गरे ७३ हजार सहयोग

पोर्चुगल। २७ सेप्टेम्बर को साँझ पोर्तुगलको जम्बोजेरामा सभ्य र भब्य सांगीतिक साँझ सम्पन्न भयो, कार्यक्रमको नाम थियो “जे.बी.ओली एकल सांगीतिक साँझ तथा शुभकामना आदनप्रदान कार्यक्रम २०१७”। नेपालीहरुको महान पर्व बिजया दशमीको अबसरमा सो कार्यक्रम आयोजना गरिएको थियो जसमा चर्चित राष्ट्रिय लोकदोहोरी गायक जे.बी.ओलीका गीत संगीत गुञ्जमान भएका थिए।

लोक दोहोरी प्रतिष्ठान युरोप शाखाको प्रबक्ता समेत रहेका ओलीले सोही कार्यक्रमबाट बचेको रकम ७३ हजार ७० रुपैयाँ करीब दुई महिना पहिले पोर्तुगलको राजधानी लिस्बोनमा छुरा प्रहारद्वारा हत्या गरीएका पर्वतका हरि बहादुर जिसीका बालबच्चा पढाउन सहयोग गरेका छन्।

एनआरएन पोर्तुगल का अध्यक्ष कुबेर कार्की र पूर्व आईसिसि सदस्य सूर्य हमालको रहोबरमा गायक ओलीले स्व. जिसीकि श्रीमती रुक्मणी खड़का र छोरीलाई सो सहयोग रकम हास्तान्तरण गरेका हुन्।गायक ओलीले अगाडी भने ” आफ्नो गायकीबाट समाजसेवा गर्न पाउदा अत्यन्त खुशी छु र मलाई सांगीतिक साझमा सहयोग गर्नुहुने सबैप्रति आभार प्रकट गर्दछु।”

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार