पोर्चुगलमा एक नेपालीको कर्तुत, बाख्रिलाई जबरजस्ती पिलाए बियर ! ( भिडियो सहित् )

लिस्बन।

पोर्चुगलमा रहेका एक नेपालीले घरेलु जनावरमाथि हदैसम्मको दुर्व्यवहार र अमानवीय कार्य गरेका छन्। उनले एउटी बाख्रीमाथि दुर्व्यवहार गरेको भिडियो भोइस अफ नेपाललाई प्राप्त भएको छ।

भिडियोमा ति नेपालीले एउटी बाख्रिलाई पोर्चुगलको प्रसिद्ध ” Super Bock ” बियर जबरजस्ती पिलाएको देखिएको छ। उनले बाख्रीको मुखभित्रै Super Bock बियरको बोतल छिराएर दुवै हातले बाख्रीको मुख च्यापेर निस्सासिदै जबरजस्ती बियर पिलाएका छन्।

जनावर अधिकारवादीहरु यो घटना घरपालुवा वा घरेलु जनावरमाथिको जघन्य अपराध हो भन्दछन्। घरेलु जनावरको मुखभित्र जबरजस्ती बियरको बोतल छिराएर निस्सासिदै बाध्य भएर बियर किन पिलाए ति नेपालीले , आश्चर्य र जनावरमाथि दुर्व्यवहार मात्रै होइन, हदैसम्मको अमानवीय व्यवहार गरेका छन्।

को थिए बाख्रीलाई जबरजस्ती रक्सि पिलाउने नेपाली ?

बाख्रिलाई मुखभित्र बोतल नै कोचेर जबरजस्ती रक्सी पिलाउने नेपाली रमेश राज बास्तोला उर्फ ” कालोटोपी” हुन्। शुरुवातीका दिनमा राजनीतिमा आफुलाई समाजमा चिनाउन कस्सिएका बास्तोला आफ्नो अस्तित्व नदेखेपछि पछिल्लो समय समाजसेवाबाट आफुलाई स्थापित गर्न कस्सिएका छन्। तर, उनको समाजसेवा बिचित्रको छ, समाजमा अनर्गल प्रचार गर्ने र भ्रमित सुचनाहरु समाजिक संजालमा सम्प्रेषित गर्दै पुरै समाजलाई गुमराहमा राख्न चाहन्थे। मान्छेहरुलाई सूचनाका माध्यमबाट सजिलै झुक्याउन सक्ने खुबी भएका बास्तोला, अनेकौ नाममा सामाजिक संजालका पेजहरु चलाउछन्।

पछिल्लो समय उनले “ब्रिलान्ते हिमालय ” नामक संस्था गठन गरेर पोर्चुगलमै एकमात्र दर्ता भएको संस्थाको आफु अध्यक्ष भएको दावी गर्दै आएका छन्। उनी
‘युरोपचौतारी Nepal Europe Portugal’, ‘Nepali in Portugal बसाई पोर्चुगल’ आदि लगायत सामाजिक संजालका कयौ नक्कली पेज समेत चलाएर समाजलाई भ्रमित हुने सूचना सम्प्रेषण गरिरहन्छन्। उनले २५ डिसेम्बर २०१६ मा ‘नेपालीभाषी पोर्चुगलवासी’ नाम फेसबुक पेज बनाए। त्यसयता त्यो पेजको नाम ११ पटक बदली गरेर अहिले ‘युरोपचौतारी Nepal Europe Portugal’ राखेका छन्। त्यस्तै पोर्चुगल बसाईको शुरुका दिनमा राप्रपाको राजनीतिबाट समाजमा आफुलाई स्थापित गर्न कस्सिएका उनै बास्तोलाले ४ अगस्त २०१७ मा ‘राप्रपा पोर्चुगल’ नामक फेसबुक पेजबाट पोर्चुगलमा आफ्नो अधिपत्य जमाउन प्रयत्न गरे। त्यसयता त्यो पेजको नाम ८ पटक परिवर्तन गर्दै जानकारी पोर्चुगल, Troll यूरोप पोर्चुगल, Europe Serofero बसाई पोर्चुगल, Portugal Serofero नेपाली बसाई पोर्चुगल, Nepali in Portugal पोर्चुगल नेपाली समुदाय हुदै अहिले Nepali in Portugal बसाई पोर्चुगल सम्म पुगेको छ।

बास्तोलाले यिनै फेसबुक पेजहरुबाट भ्रामक सुचनाहरु सम्प्रेषण गर्दै समाजलाई गुमराहमा राख्दथे। सामाजिक संजालबाट सम्प्रेषित सुचनाहरुमा सम्बन्धित पक्षले त्यस सम्बन्धी जानकारी लिन वा छलफल गर्न खोज्दा सिधै ब्लक गर्ने वा केही समयपछि ति सुचनाहरु हटाउने गर्छन्। सम्बादका लागि कहिल्यै तयार नहुने र एकोहोरो भ्रामक सुचनाहरु सम्प्रेषण गरिरहने बास्तोलासँग उनले सामाजिक संजालमा जे पनि लेखिदिन्छन् भनेर आफ्नो इज्जतका लागि डराउछन् पोर्चुगलका नेपालीहरु।

जनावरमाथिको दुर्व्यवहार र अपराधमा युरोपियन युनियनको कानुनमा के छ सजाय ?

युरोपियन युनियनको कानुनले कुनै पनि घरपालुवा वा घरेलु जनावरमाथि दुर्व्यवहार गर्न बन्देज गरेको छ। यदि कुनै पनि घरपालुवा वा घरेलु जनावरमाथि दुर्व्यवहार र अपराध गरेमा युरोपियन कानुन अनुसार ५ बर्षसम्मको जेल सजाय हुने व्यवस्था छ। युरोपमा जनावरमाथि दुर्व्यवहारका घटना बढेपछि सन् २०१७ मा कानुनमा कठोर परिवर्तन गरी ६ महिना कैदबाट ५ बर्षको जेल सजाय बनाईएको हो।

घरपालुवा वा घरेलु जनावरमाथि कानुनले बर्जित गरेको दुर्व्यवहारमा पिट्नु, निसासिनु, धारिलो हतियार प्रहार गर्नु, आपसमा लडाउनु वा झगडा गराउनु, छाडा छोड्नु, घरबाट निकाला गर्नु वा अन्य कुनै पनि किसिमको अमानवीय व्यवहार गर्नु आदि पर्दछन्।

सन् १९८८ मा अष्ट्रियाले पहिलोपटक जनावरहरुलाई कानुनी मान्यता अनुमोदन गरेपछि लगत्तै फ्रान्स , स्विजरल्याण्ड, न्युजिल्याण्ड, जर्मनी, बेलायत लागायत अन्य देशहरुले सो कानुन लागु गरेका थिए।

घरपालुवा र घरेलु जनावर – पोर्तुगलको कानुनमा के छ ?

युरोपियन युनियन देशहरूमा समान पशु अधिकार कानून पहिले नै लागू गरीएको छ। पोर्तुगाली संसदले जनावरहरूको दुर्व्यवहारलाई अपराधिक बनाउन, शाकाहारी र शाकाहारी भेदभावलाई कम गर्न, र घरेलु तथा घरपालुवा जनावरहरूको सामाजिक स्वीकृति र धारणा सुधार गर्न २०१८ मा नयाँ कानून लागु गर्दै जनावरमाथिको युरोपियन कानुनको समर्थन गरेको छ।

यो कानुनले स्पष्ट भनेको छ कि ‘ जनावरहरूलाई ‘वस्तु’ को रूपमा लिनु हुँदैन र उनीहरूको अलग कानूनी स्थिति हुनुपर्दछ।” यो कानुनले जनावरको अस्तित्वलाई बालबालिका सरह कानुनी संरक्षण गरेको छ र जनवारहरुलाई जीवित प्राणीहरुको रूपमा मान्यता दिएको छ ।

पोर्चुगलको कानुनले कुनै पनि “घरेलु वा घरपालुवा जनावरमाथिको दुर्व्यवहारमा ३ बर्षसम्मको जेल र ३ हजार ७४० युरोसम्मको जरिवाना” तोकेको छ।

बाख्रीलाई जबर्जस्ति मुख थुनेर निस्सासिदै पोर्चुगलको प्रसिद्द “Super Bock ” बियर पिलाउदै घरेलु जनावरमाथि दुर्व्यवहार गर्ने बास्तोलालाई युरोपियन कानुको आधारमा ५ बर्षसम्म जेल सजाय हुनसक्छ । त्यस्तै घरेलु तथा घरपालुवा जनावरमाथिको दुर्व्यवहारले पोर्चुगलको कानुन अनुसार ३ बर्ष जेल ३७४० युरोसम्मको जरीवाना हुनसक्छ। पोर्चुगल युरोपियन युनियनको सदस्य राष्ट्र भएकोले दुबै कानुन लाग्नसक्ने पनि उत्तिकै सम्भावना रहेको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार