लिस्बनमा धाराको पानीको मुल्य १८ सेन्टले बढ्यो !

लिस्बन , पोर्चुगल।

पोर्चुगलको राजधानी लिस्बनमा धाराको पानीको मुल्य १८ सेन्टले बढेको छ। मुल्यवृद्धि नयाँ बर्ष अर्थात् १ जनवरी २०२० बाट लागु हुनेछ।

नयाँ मुल्यवृद्धि ८५ प्रतिशत घरेलु ग्राहकहरुमा लागु हुने पानी सेवा प्रायदक कम्पनी EPAL ले जनाएको छ। मुल्य वृद्धि भएतापनि खाँचोमा परेका ग्राहक र ठूला परिवारहरूका लागि विशेष दर कायम गरिनेछ।

पानीमा १८ सेन्ट वृद्धि शुल्क मासिक ८०० लिटर खपत गर्ने परिवारमा लागु हुनेछ। EPAL अनुसार कम्पनीले खाँचोमा परेका ग्राहकहरुका लागि बिशेष सामाजिक पानी ट्यारिफ उपलब्ध गराउनेछ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार