
लिस्बन, पोर्चुगल।
कामदार भिषामा कम्तिमा १२ लाख खर्च गरेर पोर्चुगल पुग्नेहरुको कथा र ब्यथा सधै उस्तै कहालीलाग्दो छ । कामदार भिषामा श्रमिकहरुलाई पोर्चुगल ल्याउने एजेन्टहरु मालामाल छन् भने श्रमिकहरुको बेहाल छ। वर्क भिषामा स्पोन्सर गर्ने कम्पनीले नेपाली कामदारहरु पोर्चुगल पुग्नेबित्तिकै बेवास्ता गरेपछि महिनौ बेरोजगार बस्नुपरेको पिडा छ उनीहरुलाई। नेपालबाट खर्च मगाएर सधै बस्नुपरेपछि भारतीय एजेन्टको कम्पनीमार्फत कृषिमा काम गर्न बाध्य छन् उनीहरु।
यसरी एजेन्ट कम्पनीमार्फत काम गर्दा पनि ३ महिनामा जम्माजम्मी १० दिन काम गर्नुपरेको र त्यसपछि कामको आसमा खाली बस्नुपरेको छ उनीहरुले। त्यहि १० दिनको तलब पनि अहिलेसम्म पाएका छैनन् १२ लाख भन्दा बढी खर्च गरेर पोर्चुगल आएका नेपाली कृषि कामदारहरुले।
यत्ति मात्रै होइन, उनीहरुको बसाई पनि निकै नै अव्यवस्थित छ। उनीहरुलाई अमानविय तरिकाले एउटै घरमा कोठामा ८-१० जना गरेर राखिएको छ। खाना खाने र शौचालयको राम्रो व्यवस्था छैन, शुद्ध पानीको अभाव छ।
स्पोन्सर कम्पनीले उनीहरु पोर्चुगल आउनु अघि नै कामको कन्ट्रयाक्ट सकिएको बताएपछि उनीहरु झन् मारमा परेका छन् । पछिल्लो समय नेपालबाट सिजनल वर्क भिषामा आउने अधिकांस उस्तै छ। पछिल्लो समय पोर्चुगलको सिजनल वर्क भिषा मोटो रकम लिएर नेपाली कामदार पोर्चुगल छिराउने माध्यम मात्रै बनेको छ।
यो पढ्न छुट्यो कि !
पोर्चुगलमा ‘वर्क परमिट ‘ को पिडा : ३-३ महिनासम्म बेरोजगार, स्पोन्सर कम्पनी भन्छ ” अन्तै काम खोज “
















