अल्गार्भ, पोर्चुगल।

मोन्तेगोर्दो नेपाली समाजको तेश्रो अधिबेशन फेब्रुअरी ९ मा हुने भएको छ।
अल्गार्भको मोन्तेगोर्दो क्षेत्रमा स्थापित भएको नेपालीहरुको एकमात्र सामुहिक संस्था मोन्ते गोर्दो नेपाली समाजले नेपाली समुदायमा विभिन्न सामाजिक गतिबिधि र कार्यक्रम गर्दै आईरहेको छ। सन् २०१७ को जनवरीमा स्थापित समाजले मोन्तेगोर्दो क्षेत्रमा बसोबास गर्ने नेपालीहरुको समस्याहरुमा सहयोगी भूमिका खेल्दै आईरहेको छ।
समाजले तेश्रो अधिबेशनमा सहभागिताको लागि सबैमा अनुरोध गरेको छ।
कार्यक्रम तालिका :
मिति: ९ फेब्रुअरी २०२०, आईतवार।
समय: दिउसोको ०१:०० बजे।
स्थान् :- बार्बेक्यु पार्क, मोन्तेगोर्दो।
















