वर्कभिषामा पोर्चुगल आएका नेपाली काम गर्ने र बस्ने ठाउँमा सेफको सर्च अप्रेशन !

लिस्बन, पोर्चुगल।

कामदार भिषामा कम्तिमा १२ लाख खर्च गरेर पोर्चुगल पुग्नेहरुको कथा र ब्यथा कम्ता कहालीलाग्दो छैन। कामदार भिषामा स्पोन्सर गर्ने कम्पनीले नेपाली कामदारहरु पोर्चुगल पुग्नेबित्तिकै बेवास्ता गरेपछि महिनौ बेरोजगार बस्नुपरेको र नेपालबाट नै खर्च मगाएर दैनिकी चलाउदै आएका थिए ।

स्पोन्सर कम्पनीको बेवास्तापछि पछिल्लो समय भारतीय एजेन्टको खेती कम्पनीमा काम गर्न पुगेका नेपाली कृषि मजदुरहरु काम गर्ने र बस्ने ठाउँमा पोर्चुगलको अध्यागमन प्रहरी ( सेफ ) ले छापा र सर्च अप्रेशन गरेको छ।

सर्च अप्रेशनको क्रममा सेफले नेपाली मजदुरहरुसहित् दक्षिण एसियाली मुलका अन्य देशका नागरिकहरु समेतको सम्पुर्ण बिवरण संकलन गरेको छ।

सेफको सर्च अप्रेशन गरेको घरमा कामदार बस्ने कोठा !

सर्च अप्रेशनमा सेफले कामदारहरुलाई सोधपुछ गर्दा सिजनल वर्क भिषामा १२ देखि १५ लाख रुपैयासम्म दलालहरुलाई बुझाएर कामदारहरु पोर्चुगल आएका तथ्य फेला परेका छन्।

कामदार राखिएको घरको खुल्ला शौचालय !

अप्रेशनमा नेपाली मदजुरहरुको बस्ने अवस्था निकै दयनीय भएको र अमानवीय तरिकाले उनीहरुलाई बस्ने व्यवस्था गरिएको भेटिएको छ। निकै फोहोर र अव्यवस्थित घरमा एकै कोठामा प्रत्येक बेडमा २-२ जना गरी ८-१० जना सुताउने गरिएको, भान्सा र खाना खाने व्यवस्था उचित नभएको, शौचालयको उचित व्यवस्था नभएको र शुद्ध पिउने पानीको उचित व्यवस्था नभएकोको कामदारहरु श्रम शोषणको शिकार भएको बुझिएको छ।

कामदार राखिएको घरको खुल्ला बाथरुम !

सेफले आफ्ना सम्पूर्ण बिवरणहरु संकलन गरेको पिडितहरुले बताएका छन्। सेफले आफ्नो सम्पूर्ण बिवरणहरु संकलन गरेपश्चात नजिकैको जीएनआर प्रहरी वा सेफमा सम्पर्क गर्न र उजुरी दिन सुझाएको पिडितहरुले बताएका छन्।

उनीहरुलाई अमानवीय तरिकाले राखिएकोले श्रम शोषण र मानव तस्करीको शिकार भएको हुनसक्ने प्रशस्त आधार हुदा सेफले उनीहरुलाई त्यहाँबाट कहिँ पनि नजान र सेफले चाडै उद्दार गर्ने बताएको थियो।

Photo: Rui Oliveira

यो पढ्न छुट्यो कि !

पोर्चुगलमा ‘वर्क परमिट ‘ को पिडा : ३-३ महिनासम्म बेरोजगार, स्पोन्सर कम्पनी भन्छ ” अन्तै काम खोज “

१२ लाख तिरेर कामदार भिषामा पोर्चुगल आएका नेपालीहरु ४ महिना बितिसक्दा पनि बेरोजगार : पिडितहरु भन्छन , ” एनआरएन नेताले नै हामीलाई पोर्चुगल ल्याएका हुन् “

१२ लाखको पोर्चुगलको कामदार भिषा, लिस्बन एयरपोर्टबाट सिधै एनआरएनए पोर्चुगल अध्यक्षको घरमा रिसेप्सन र रात्रिभोज : के छ कनेक्सन ?

स्पोन्सर कम्पनीले बिचल्ली बनाएपछि भारतीय एजेन्टको खेती कम्पनीमा काम गर्न बाध्य छन् नेपाली कामदार : ३ महिनामा १० दिन काम, त्यो पनि तलब नै पाएनन् !

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार