पोर्चुगलमा झापालीहरू एकजुट भए, सुमन शर्मा चम्लागाईको अध्यक्षतामा झापाली समाज गठन !

लिस्बन, पोर्चुगल।

पोर्चुगलमा रहेका झापालीहरू एकजुट भएका छन्। पोर्चुगललाई आफ्नो कर्मथलो बनाउदै आएका झापालीहरुको एक भेलाले आज झापाली समाज पोर्चुगल गठन गरेको छ।

भेलाले सुमन शर्मा चम्लागाईको अध्यक्षतामा कार्यसमिति गठन गरेको छ। अध्यक्ष चम्लागाई गैह्र आवासीय नेपाली संघ पोर्चुगलका कार्यसमिति सदस्य हुन्।

समाजको उपाध्यक्षमा रोशन थपलिया, सचिवमा राजकुमार लिम्बु, सदस्यहरुमा याम दियाली, सुरेन्द्र निरौला र प्रबिना बस्नेत रहेका छन्।

समाजले झापाका प्रत्येक नगरपालिका र गाउँपालिकाबाट एक – एक सदस्य थपेर कार्यसमितिलाई पूर्णता दिने निर्णय गरेको छ।

प्रवासमा रहेका एकै जिल्लाका नेपालीहरुमा भाईचारा र सहयोगको भावना विकास गर्न झापाली समाज पोर्चुगलको गठन गरेको समाजका अध्यक्ष सुमन शर्मा चम्लागाईले भोइस अफ नेपाललाई बताएका छन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार