लिस्बन ।

पोर्तुगलमा रहेका तामाङहरुले साँस्कृतिक कार्यक्रम सहित सोनाम ल्होछार मनाएका छन् ।
मञ्जुश्री सम्वत २८५६ को अवसरमा बिशेष सांस्कृतिक कार्यक्रम सहित शुभकामना आदानप्रदान गरिएको थियो।
कार्यक्रममा पोर्तुगलमा ज्यान गुमाएका ३२ नेपालीको स्मरण गर्दै आपतकालिन राहत कोष स्थापना गर्ने विषयमा पनि छलफल भएको थियो ।
साँस्कृतिक कार्यक्रममा नेपालबाट आएका कलाकारद्वय विश्व दोङ र शशिकला मोक्तानले सहभागीहरुलाई मज्जाले नचाए । पोर्तुगलमा रहेका रोशन लामा, मेघ तामाङ, सूर्य लामा, शशी लामा, पुष्प वाइबा, सञ्जय लामा र मनु पाख्रिनलगायतका कलाकारहरुले पनि कार्यक्रममा आफ्ना प्रस्तुति राखेका थिए ।
कार्यक्रममा परम्परा बमोजिम समाजका महिलाहरुले ल्होछारको विधिवत पूजाआजा पनि गरेका थिए । कार्यक्रममा समाजले नेपाली परिकारलगायत खानपीनको पनि व्यवस्था गरेको थियो ।
औपचारिक कार्यक्रम अध्यक्ष सुनिता ब्लोन तामाङको अध्यक्षतामा , समाजकी महासचिव बिन्दु लामाले र स्वागत मन्तव्य उपाध्यक्ष प्रदीप थिङ तामाङले गरेका थिए । साँस्कृतिक कार्यक्रमको सञ्चालन सचिव बिपिन तामाङले गरेका थिए ।

समाजको पाँचौ अधिवेशनबाट नयाँ कार्यसमितिको चयन :
समाजको पाँचौ अधिवेशनबाट मिङ्मार लामाको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ । वरिष्ठ उपाध्यक्षमा प्रेम गोम्जा तामाङ, उपाध्यक्ष मिलन लामा, महिला उपाध्यक्ष दिलकुमारी घिसिङ, महासचिव आशीष दोङ तामाङ, सचिव धनराज लामा, सह सचिव उत्तम तितुङ तामाङ, कोषाध्यक्ष पूर्णबहादुर तामाङ र सहकोषाध्यक्षमा कृष्ण तामाङ चयन भएका छन् ।
नयाँ कार्यसमितिको सदस्यहरुमा सुशील स्याङ्तान, विशाल लामा, दावा लामा, राजेश लामा, कुमारी तामाङ, सारीना तामाङ, विशाल लामा (फारो) विजय वाइबा, विक्रम तामाङ, सविना मनाङथेन, अनिल मोक्तान र जुद्ध लामा चयन भएका छन् ।
















