सुरेश जोशी , पोर्चुगल।
नेपाली जनप्रगतिशील मोर्चा पोर्चुगलको बार्षिक साधारण सभा यहि फेब्रुअरी १६ तारिखका दिन पोर्चुगलको राजधानी लिस्बनको आन्जोसमा अवस्थित एभरेष्ट रेष्टुरेन्टमा हुने भएको छ ।
सो कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको मोर्चाका उपाध्यक्ष टंक बहादुर खडकाले जानकारी दिनुभएको छ ।
यो अधिबेशनबाट जन प्रगतिशील मोर्चा पोर्चुगलले आगामी १ बर्षको लागि आफ्नो कार्ययोजना बनाउने भएकोले मोर्चाका युरोप क्षेत्रीय अध्यक्ष बिष्णु भुजेल र महासचिब डा. सुबर्ण सापकोटा लगायत मोर्चाका युरोप क्षेत्रका बरिष्ट नेताहरु पोर्चुगल आउने क्रम जारी छ ।

पोर्चुगलमा मोर्चा स्थापनाकालदेखि नै आम नेपाली श्रमिकका पक्षमा बुलन्द आवाज पार्दै आम जन समुदायबीच लोकप्रिय हुन् सफल भएको छ ।आगामी दिनहरुमा पनि मोर्चाले आफ्नो कार्ययोजनामा श्रमिक नेपालीहरुको हितमा काम गर्दै जाने र श्रमशोषक, मानवतस्करी गर्ने हरुलाई लक्षित गरी आफ्ना कार्यक्रमहरु तर्जुमा गरी कार्यान्वनमा ल्याउने योजना रहेको समेत जानकारी गराएको छ ।
मोर्चाले ऊक्त कार्यक्रममा पोर्तुगल स्थित सम्पुर्ण सामाजिक संघ संगठन, पत्रकार, समाजसेवी लगाएत सम्पुर्ण नेपाली न्यायप्रेमी जनसमुदायलाई उपस्थित हुन हार्दिक आह्वान गरेको छ।
















