लिस्बनमा म्याक डोनाल्ड रेस्टुरेन्ट भित्रै महिला ग्राहकमाथि छुरा प्रहार !

लिस्बन |

पोर्चुगलको राजधानी लिस्बनको म्याक डोनाल्डको रेस्टुरेन्टभित्रै एक महिलामाथि छुरा प्रहार भएको छ। छुरा प्रहारबाट घाइते महिलाको शरीरमा ३० सेन्टिमिटर लामो घाउ भएको छ।

म्याक डोनाल्ड रेस्टुरेन्टमा खानाको लागि लाइनमा बसेकी करिब २१ बर्षीय महिलालाई पछाडिबाट छुरा रोपिएको थियो। संदिग्ध व्यक्ति छुरा प्रहार गरी भागेकोले प्रहरीले घटनस्थलमा प्राप्त प्रमाणहरुको आधारमा संदिग्ध व्यक्तिको खोजी जारी राखेको छ।

पिडितको अहिले साउ जोजे अस्पतालमा उपचार भईरहेको छ।

घटना लिस्बनको रुआ रोड्रिगु दा फन्सेकामा रहेको म्याक डोनाल्डमा भएको हो।

घटना मंगलवार बेलुका ६ बजेको हो। पिडित महिला फ्रान्सेली नागरिक भएको बुझिएको छ।

पोर्तुगाली पुलिस हाल आक्रमणको बारेमा अनुसन्धान गर्दैछ। उनीहरु घटनास्थलमा साक्षीबाट प्रमाणहरू जम्मा गर्न कोशिस गर्दैछिन् र म्याक डोनाल्डको भिडियो निगरानी फुटेजमा हेर्दै उनलाई आक्रमण गर्नेलाई चिन्न र पत्ता लगाउन कोशिस गर्दैछन्।

पुलिसको विश्वास छ कि संदिग्ध व्यक्ति मनोवैज्ञानिक समस्याबाट ग्रसित हुनसक्छ किनकि यो घटनाको आतंकवादसंग कुनै पनि संलग्नता नभएको र स्वतन्त्रकार्य भएको प्रहरीको अनुमान छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार