पोर्चुगल विश्वकै ५ औं भ्रष्ट देश !  

पोर्चुगल |


 
अर्न्स्ट एण्ड यंगले गरेको अध्ययनले पोर्चुगललाई विश्वको पाँचौं सबैभन्दा भ्रष्ट देशको रूपमा स्थापित गरेको छ।

अर्न्स्ट एण्ड यंगले गरेको अध्ययनको सम्पूर्ण बिवरण सोल अखबारले प्रकाशित गरेको थियो ।

सोलका अनुसार यूरोप, मध्यपूर्व, भारत र अफ्रिकाका देशहरूमा ८ हजार ८ सय व्यक्तिहरू अन्तरवार्ता लिईएको थियो। अनुसन्धानबाट भ्रष्ट देशहरुको सुचिमा क्रोएशिया पहिलो नम्बरमा, केन्या दोश्रो , स्लोभेनिया तेश्रो, सर्बिया चौथो र पोर्चुगल पाँचौ स्थानमा रहेका छन्।

अध्ययनमा ८० प्रतिशत भन्दा बढीले सर्वेक्षणमा भनेका छन् कि पोर्चुगलमा घूसलाई सामान्यीकृत अभ्यास मानिएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार