लिस्बन।

पोर्चुगलको अध्यागमन प्रहरी ( सेफ ) ले घरेलु हिंसामा फरार बिदेशी नागरिकलाई पक्राउ गरेको छ। आफ्नो देशमा घरेलु हिँसाको अपराध गरी फरार संदिग्धलाई अन्तराष्ट्रिय पक्राउ वारन्टको आधारमा पोर्चुगल छिर्नेबित्तिक्कै पक्राउ गरिएको हो।
पोर्चुगलका कानूनी रुपमा बस्दै आईरहेका ४५ वर्षीय व्यक्ति केहि समयका लागि पोर्चुगल बाहिर गएका थिए थिए र उनलाई इमिग्रेशनले हिजो यूक्रेनबाट पोर्चुगल आइपुग्ने बित्तिकै पक्राउ गरेको हो।
संदिग्ध व्यक्ति पूर्वी युरोपका नागरिक भएको सेफले जनाएको छ।
















