पोर्चुगलमा वर्क भिषाका पिडितहरुलाई एनआरएनए अध्यक्षको प्रश्न : मिडियालाई सुचना कसले दियो ?

लिस्बन, पोर्चुगल।

पछिल्लो समय सिजनल वर्क भिषामा पोर्चुगल आउने नेपलीहरु कष्टकर जीवन बिताउन बाध्य छन्। एकातिर वर्क भिषाको रोजगारदाता कम्पनीको बेवास्ताले बेरोजगारी समस्या, नेपालबाटै पैसा मगाएर खानु र बस्नुपर्ने बाध्यता छ भने अर्कोतिर काम खोज्दाखोज्दै हैरानी भएका छन्। केही समय कृषिमा काम गरेको पैसा पनि महिनौ बित्दा समेत पाउन सकेका छैनन्।

वर्क भिषामा पोर्चुगल आएका नेपालीहरुले झेल्नुपरेका समस्या र पीडाका खबरहरु मिडियामा आएपछि यसले समाजलाई पुरै तरंगित बनायो। वर्क भिषामा पोर्चुगल आएका र कष्टकर जीवन बिताउन बाध्य नेपालीहरु बस्ने र काम काम गर्ने ठाउँमा पोर्चुगलको अध्यागमन प्रहरी सेफले छापा र सर्च अप्रेशन समेत गर्यो। उनीहरुमाथि श्रम शोषण भएको भन्दै सेफले उनीहरु काम गर्ने कम्पनीमा ताला लगाईदियो। उनीहरु बस्ने ठाउँ उपयुक्त नभएको भन्दै सेफले उद्धार गर्ने भनिएका नेपालीहरु त्यहाँबाट गायब भए। सेफले उद्धार गर्ने नेपालीहरु कहाँ गए वा कहाँ हराए , कसले उनीहरुलाई सुटुक्क लग्यो, अनुसन्धानको बिषय भएको छ।

वर्क भिषामा पोर्चुगल आएका र आएदेखि नै बेरोजगार भएका नेपाली कामदारहरुहरुको खबरहरु मिडियामा आएपछि गैर आवासिय नेपाली संघ पोर्चुगलका अध्यक्ष तिलक गैरे तनावमा छन्। अध्यक्ष गैरेले नै पछिल्लो समय वर्क भिषामा पोर्चुगल आएका पिडित नेपालीहरुलाई प्रश्न सोधेर थप मानसिक पिडा दिएको पिडितहरु बताउछन्। अध्यक्ष गैरेले पिडितहरुलाई बारम्बार ” मिडियालाई सुचना कसले दिएको भन्दै ?” प्रश्न सोधेर थप पिडा दिएको पिडितहरुको गुनासो छ। यत्ति मात्रै होइन, संघका अध्यक्ष गैरेले कयौ पटक पिडितहरुको मोबाइल हेर्न खोजेको समेत गुनासो गरेका छन्। पिडित कामदारहरुको मोबाइल हेर्न खोजेपछि संघका अध्यक्ष गैरेसँग पिडितहरुको भनाभन समेत भएको थियो।

पिडितहरुका अनुसार संघका अध्यक्ष गैरेले नै उनीहरुलाई लिस्बन एयरपोर्टमा रिसिभ गर्न लगाएर आफ्नो घरमा रिसेप्सन र रात्रिभोज गरेका थिए। गैरे आफै एयरपोर्टमा देखिएनन् तर एकजना भारतीय नागरिकलाई प्रयोग गर्दै उनीहरुलाई लिस्बनमा जाहजबाट ओर्लनेबित्तिकै सिधै जम्बोजिरा लागिएको थियो। वर्क भिषामा पोर्चुगल आएका नेपालीहरुसामु संघका अध्यक्ष गैरे पहिलोपटक दुई सातापछि मात्रै देखिएका थिए।

यो पढ्न छुट्यो कि !

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार