२५औं जनयुद्ध दिवसमा बिप्लव समर्थकहरुको लिस्बनमा मार्चपास (फोटोफिचर)

लिस्बन।

२५औं जनयुद्ध दिवसको अवसरमा नेपाली जनप्रगतिशील मोर्चा, पोर्तुगलको वार्षिक साधारण सभा लिस्बन शहरमा राता मान्छेहरुको मार्चपास गर्दै भब्य रुपमा सम्पन्न गरेको छ।

नेपाली जनप्रगतिशील मोर्चा, यूरोपका अध्यक्ष बिष्णु भुजेलको प्रमूख आतिथ्यतामा समपन्न भएको साधारण सभाको सभापतित्व पोर्तुगल मोर्चाका अध्यक्ष पूर्ण बिकले गरेका थिए ।

नेपाल कम्युनिस्ट पार्टीलाई केपी पिके मण्डलीको सामाजिक दलाल फांसीवादी सरकारले लगाएको प्रतिबन्धलाई चिर्दै देशभर सप्ताहब्यापी जनयुद्ध दिवस विविध कार्यक्रममा साथ मनाइराखेका छन ।

त्यसैगरी विदेशमा पनि पोर्तुगलको राजधानी लिस्बनमा यूरोपभरका मोर्चामा आबद्द पदाधिकारीहरु, सदस्य तथा शुभचिन्तकहरु भेला भएर भब्य समारोह बीच २५औं जनयुद्द दिवस मनाएका छन ।

यूरोप मोर्चाका अध्यक्ष बिष्णु भुजेलले दीप प्रज्ज्वलन गर्दै उद्घाटन भएको कार्यक्रममा वीर सहीदहरुको उच्च सम्मानमा एक मिनेट मौनधारण गरिएको थियो । साथै जनयुद्धका सहीद तथा घाईते परिवारका सदस्यहरुलाई प्रमूख अतिथिले अबीर र खादाले सम्मान गरेका थिए ।

कार्यक्रममा पोर्तुगलको नेपाली राजनितिक संगठन संग आवद्ध बक्ताहरुले अहिलेको दलाल सरकारले विप्लव नेतृत्वको नेकपा माथि लगाईएको प्रतिबन्धको विरोध गर्दै राजनितिक ब्यवहार गर्न माग समेत गरेका छन ।

प्रवासी नेपाली मन्चका डोलराज भण्डारीले ‘म पनि ज्यूँदो सहीद हुँ तर कम्युनिस्टहरु संसदीय सत्तामा पुगे पछी बिस्तारै बिग्रिदै जाने रहेछन कि भन्ने महशुस गरेको छु । मैले आस्था राख्ने पार्टीकै सरकार भए पनि कुनै पनि विचारलाई प्रतिबन्ध लगाउनु उचित होइन’ भन्दै बिरोध गरेका थिए ।

 

नेपाली जनप्रगतिशील मोर्चा, जर्मनीका अध्यक्ष सेरबहादुर तुम्बापो, स्पेन मोर्चाका गोपाल रेग्मी, जनजाती सरोकार मन्च, बेल्जियमका अध्यक्ष बदन योङ्गहाङ्ग लगायत पोर्तुगल स्थित विभिन्न राजनितिक, सामाजिक र जातीय संगठन तथा संस्थाहरुले मोर्चा, पोर्तुगलको साधारण सभाको सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रममा उपस्थित आगन्तुक तथा पाहुनालाई पोर्तुगल मोर्चाका उपाध्यक्ष टंक खड्काले स्वागत गरेका थिए । २५औं जनयुद्ध दिवसको अवसरमा हर्षोल्लासका साथ सम्म्पन्न उक्त कार्यक्रम पोर्तुगल मोर्चाका महासचिव प्रदीप अधिकारीको सन्चालनमा भएको थियो ।

 

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार