सिड्नीको समुन्द्री किनारमा एक नेपाली युवक मृत फेला !

सिड्नी।

अष्ट्रेलियाको सिड्नीमा समुन्द्रमा एक नेपाली युवक मृत फेला परेका छन्। करिब ३२ वर्षिय युवककाे शव सिड्नीको वाटामाला समुन्द्री तटमा मंगलवार दिउसो फेला परेकाे हाे ।

आफ्ना श्रीमान् आईतबारदेखि सम्पर्कविहिन भएपछि श्रीमतिले प्रहरीमा उजुरी गरेकी थिईन् ।

प्रहरीले मवाईल लोकसनको आधारमा ती युवकको शव पत्ता लगाएको हो ।

मृतक सन् २००७ मा विद्यार्थीका रुपमा अष्ट्रेलिया आएका थिए । उनी सिड्नीको वरउडमा बस्थे ।

पिआरका लिन सजिलो होस् भनेर गत वर्ष उनले श्रीमतीलाई पढ्का लागि तास्मानिया पढाएका थिए । उनी पनि तास्मानिया जाने तरखरमा रहेको उनलाई नजिकबाट चिन्नेहरु बताउछन् ।

उनले गत हप्तामात्र ‘म रिजनल जादैछु’ भनेर फेसबुकमा लेखेका थिए ।

यो घटनालाई प्रहरीले शंकास्पद रुपमा नहेरेको एनआरएन अष्ट्रेलियाका प्रवक्ता नन्द गुरुङले जानकारी दिए ।

मृतक नेपाली युवक सिड्नीको ग्रानभिल फ्रेण्डस फुटवल क्लब र जेन्टजर्ज फुटवल क्लबबाट फुटवल खेल्थे ।

युवकको दाहसंस्कारका लागि एनआरएनले सहायता उपलब्ध गराउने प्रवक्ता गुरुङले बताए ।

त्यस्तै उनले खेलेका दुई फुटवल क्लबले पनि सहयोग संकलन गर्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार