भोला लामिछाने, स्पेन ।

बार्सिलोनामा चितवनवासी नेपालीहरू मिलेर खोलिएका पुरानो सामाजिक संस्था चितवन समाज स्पेनले नेपाली चलचित्र सेन्टी भाईरस प्रदर्शन गर्ने भएको छ । गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण सहयोगार्थ चितवन समाज स्पेनले राष्ट्रिय कलाकार धुर्मुस सुन्तली अभिनित “सेन्टी भाइरस” चलचित्र प्रदर्शन गर्न लागेको हो ।
“खेलकुद क्षेत्रको कोशेढुंगा साबित हुने क्रिकेट रंगशालाले खेल क्षेत्रमा दिने महत्वपुर्ण योगदानमा सानो ईटा थप्न हामी उक्त चलचित्र प्रदर्शन गरेर बचेको सबै रक़म सहयोग गर्ने निर्णय गरेका हौ” समाजका अध्य राजु शमशेर थापाले बताए ।
“मार्च २ तारीख बार्सिलोनामा रहेको सिनेमा गिरोना हलमा उपस्थित भएर स्पेनबासी नेपाली दाजु दिदीबहिनीहरूमा यस सहयोगी कार्यमा थप हौसाला प्रदान गर्नु हुनेछ” , समाजका अभियन्ता सुरेन्द्र लामिछानेले भने ।
देशकै शान बोकेको रंगशालामा निर्माणमा सहयोग गर्न सहभागिताको लागि चितवन समाजले सबैमा अपिल समेत गरेको छ ।
राम बाबु गूरूडको निर्देशनमा सुबिहानी फिल्म प्रा ली ले बनाएको सेन्टी भाईरस प्रदशनको पहिलो दिनमै हाउसफुल सहित करडौ रकम कलेक्शन गरेको समाचार हरू आएका छन् । कुमार कट्टेल र दिपक आचार्यको लेखनमा बनेको उक्त चलचित्र मा धुर्मुश सुन्तली लगायत कलाकार दयाहाडं राई, उल्सन बिक्रम राई , बुद्दी तामाडं समेतका कलाकारहरू छन् ।
कार्यक्रम पुरा विवरण :
मिती: २ मार्च, २०२०
समय : ५ बजे
टिकट: १० यूरो
स्थान : Calle Girona 175 Barcelona [ metro Line 5,4 verdaguer] Bus H8
















