एनआरएनएले गठन गरेको नेपाल भ्रमण बर्ष विशेष समितिको अध्यक्षमा भट्ट नबस्ने !

भोला लामिछाने, स्पेन ।

गैर आवासिय नेपाली संघ (एनआरएनए) ले गठन गरेको भिजिट नेपाल २०२० विशेष समिति बिवादमा परेको छ ।

उक्त समितिका अध्यक्षमा संघका निबर्तमान अध्यक्ष भवन भट्टले आईसीसीले समितिका सदस्य छनौटमा हस्तक्षेप गरेको बताउंदै उक्त समितिको नेतृत्वमा नबस्ने जानकारी गराएका छन् ।

एनआरएनए महासचिव हेमराज शर्मालाई सम्वोधन गर्दै एनआरएनए पूर्व अध्यक्ष भट्टले उक्त जानकारी गराएका हुन् । भट्टद्धारा महासचिवलाई प्रेषित पत्रमा आईसीसीले यसरी माइक्रोे लेवलमा हस्तक्षेप गर्नुलाई दुर्भाग्यपूर्ण भएको समेत उल्लेख गरेका छन् । यही कारणले आफूले समितिको अध्यक्ष पद अस्विकार गरेको पनि भट्टले उल्लेख गरेका छन् ।

नेपालले सन् २०२० लाई भिजिट नेपाल बर्षका रुपमा मनाउंदै आएको छ । सरकारको विशेष प्रथामिकता प्राप्त यस कार्यक्रम मार्फत २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखिएको छ । यसका लागि एनआरएनएले विभिन्न देशमा प्रबर्धन कार्य गरिरहेको छ ।

भट्टले आफुले एनआरएनएको उक्त नेपाल भ्रमण बर्ष विशेष समितिको अध्यक्ष नरहेपनि यसको सफलताका लागि भने सकृय भईरहेने उल्लेख गरेका छन् ।

नयां कार्यसमिति आएको एक सय दिन यता एनआरएनए विभिन्न बिवादमा पर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार