इटालीबाट फ्रान्स हुँदै पोर्चुगल जान लागेका ३ नेपालीमा कोरोना भाइरसको लक्षण, फ्रान्समै रोकेर परिक्षण शुरु !

पेरिस।

इटालीबाट फ्रान्स हुँदै पोर्चुगल जान लागेका ३ नेपालीमा कोरोना भाइरसको लक्षण देखेपछि फ्रान्समै रोकिएको छ। फ्रान्सको सिमा प्रहरीले क्वारेन्टाइनको क्रममा उनीहरुलाई रोकेर अहिले परिक्षण शुरु गरिएको छ।

फ्रान्सको सिमा प्रहरीका अनुसार अस्पतालको प्रारम्भिक नतिजामा भइरसको पुष्टि नभैसकेको तर तिनैजना अनुसन्धानकै क्रममा रहेको खबर प्राप्त भएको छ।

इटाली हुँदै फ्रान्स छिरेका ३ जना नेपालीमा कोरोना भाइरसको लक्षण देखा परेको फ्रान्सका संचार माध्यमहरुले जनाएका छन्।

इटाली बाट अवैध तरिकाले फ्रान्सको पेर्पिग्न्यों शहर प्रवेश गरेका ति ३ जना नेपालीहरुलाइ अहिले त्यहाँको अस्पतालमा रखिएको छ। उनिहरु पेर्पिग्न्यों हुँदै स्पेन प्रवेश गरेर पोर्चुगलसम्म जानलागेको बेलामा सिमा प्रहरीले पक्राउ गरेको हो।

इटाली सिमाना रहेको अस्पतालले अहिले सम्म ति ३ जना नेपालीहरुमाथि गरिएको टेस्टको नतिजा अहिलेसम्म सार्वजनिक गरेको छैन। पक्राउ गर्न खटिएका प्रहरीहरुलाइ भने परिक्षण नै नगरी पठाइएको थियो।

कोरोना भारस बाट युरोपेली मुलुक इटाली सबैभन्दा नराम्ररी प्रभावित भएको छ । हालसम्म इटालीमा कोरोना भाइरसका कारण १७ जनाको मृत्यु भइसकेको छ भने ६५० जनामा संक्रमण देखिएको छ । इटालीको उत्तरी भेगमा लोम्बार्डी र भेनेटोमा कोरोनाको प्रभाव तीव्र रूपमा फैलिदै गएको देखिएको छ ।

फ्रान्समा कोरोना भाइरस बाट हालसम्म २ जनाको मृत्यु तथा ३८ जना संक्रमित भएको पुस्टि भएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार