अढाई युरोको चिट्ठाले एक पोर्चुगिज दम्पतीले ६७ मिलियन युरो जिते !

लिस्बन।

#सान्ता काजा युरोमिलियन चिट्ठाकी मारिया जोओ माटोस र जुलियानो स्न्याक-बारका मालिक डोमिन्गस जुलिआनोसँग

पोर्चुगलमा एक दम्पतीले अढाई युरोको चिट्ठा खेल्दा ६७ मिलियन युरो जितेका छन्। ति दम्पतीले युरोमिलियन चिट्ठा खेलेका थिए।

पोर्चुगलको फारोमा अवस्थित स्न्याक बार जुलियानोमा उनीहरुले २ युरो ५० सेन्टको युरोमिलियन चिट्ठा गत बिहिवार काटेका थिए।

चिट्ठाको नतिजापछि सान्ता काजा युरोमिलियन चिट्ठाकी अफिसर मारिया जोओ माटोस जुलियानो स्न्याक-बारका मालिक डोमिन्गस जुलिआनोसँग भेट गरी खबर गरेकी थिईन्। त्यसपछि उक्त क्याफेमा खुशीले पार्टी मनाईएको थियो।

शुक्रवार खुलेको युरोमिलियन चिट्ठामा ति पोर्चुगिज दम्पतीलाई ६७ मिलियन युरो परेको हो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार