पोर्चुगलमा कोरोना संक्रमितको संख्या ८ पुग्यो !

लिस्बन।

पोर्चुगलको स्वास्थ्य महानिर्देशनालयले आज बिहीबार एक सूचना जारी गर्दै थप दुई जनामा कोरोना भाइरस संक्रमित भएको पुष्टी गरेको छ। यो पुष्टिसंगै पोर्चुगलमा संक्रमितको संख्या ८ पुगेको छ।

हालसम्म पोर्चुगलमा १ महिला र ७ पुरुषमा कोरोना भाइरस पुष्टी भएको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ।

पोर्चुगलमा नयाँ भाइरसको ११७ संदिग्ध घटनाहरू छन्।

पोर्चुगलमा कोरोना संक्रमितहरुको पोर्तो , लिस्बन र कोइम्ब्रामा उपचार भईरहेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार