पोर्चुगलमा कोरोना प्रभाव : देशभरीका सबै मेडिकल बिद्यालयहरु बन्द , १२५०० बढी बिद्यार्थीहरु प्रभावित

लिस्बन।

पोर्चुगलमा कोरोना भाइरस संक्रमितहरुको संख्यामा वृद्धि भएपछि देशभरीका सबै मेडिकल बिद्यालयहरु बन्द गरिएको छ।

देशभरीकै मेडिकल बिद्यालयहरु बन्द हुदा १२५०० बढी बिद्यार्थीहरु प्रभावित भएका छन्।

राष्ट्रिय मेडिकल शिक्षा काउन्सिलले आज सोमबार देशभरिकै मेडिकल बिद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो।

त्यस्तै एक शिक्षकमा कोरोना भाइरस देखिएपछि आमादोरा लिस्बनमा रहेको एक बिद्यालय पनि बन्द गरिएको छ।

अल्गार्भमा एक स्कुले बिद्यार्थीकी आमा मा कोरोना देखिएपछि र उनीसंगै अर्को स्कुलकी एक शिक्षिका उनीसंगै बिदा मनाउन इटाली गएपछि अल्गार्भका दुई बिद्यालयहरु पनि बन्द गरिएको छ।

त्यस्तै कोरोना संक्रमणका कारण फेल्गुरिया र लौसादाका सबै जिमखाना, पुस्तकालय, स्विमिङ् पुल, सिनेमाघर र सबै बिद्यालयहरु बन्द गरिएको छ।

पोर्चुगलमा कोरोना संक्रमण फैलिन नदिन यी उपायहरु अपनाईएको हो।

पोर्चुगलमा कोरोना संक्रमितको संख्या हाल ३१ पुगेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार