भोला लामीछाने , स्पेन।

स्पेनमा बसोबास गरिरहेका क्षेत्रीहरूको आज बार्सिलोनामा एक भेला सम्पन्न भएको छ । भेलाले सोनु रावतको संयोजकत्वमा तदर्थ समिती गठन गरेको छ ।
समितीको अध्यक्षमा सोनु रावत , उपाध्यक्षमा सरोज राज विष्ट , उर्वसी खड्का, महासचिव ओम बहादुर बानिया, सचिव मनुष जंग खड्का, कोषाध्यक्ष सविता अधिकारी बानीया सदस्य पुस्कर कार्की , बसन्त बिक्रम थापा, निराजन कार्की, सविनबानिया, राहुल बस्नेत, मुकेश क्षेत्री, रोहित खत्री, सविता के सी , राम बहादुर थापा , नरेन थापा रहेका छन् ।
समाजको सल्लाहकारमा राम बहादुर थापा , डिक कार्कीको संयोजकमा सन्त बहादुर क्षेत्री, पुस्प के सी , सुन्दर रानाभाट , राजु शमसेर थापा, भोला लामिछाने, विष्णु रिजाल, पुस्प राज भन्डारी, दिपक क्षेत्री, सुमी घिमिरे सापकोटा रहेका छन् ।
स्पेनमा छरिएर रहेका क्षेत्री समुदायलाई एकत्रित गरेर समाजमा भैपरी आउने दुख सुखमा साथ दिन संस्थाको आवश्यकता परेको अभियन्ताहरूले बताएका छन् ।
















