पोर्चुगलमा कोरोनाको कहर : देशभरीका सबै स्कूलहरू बन्द, २० लाख बिद्यार्थी प्रभावित !

गणेश पाण्डेय, लिस्बन।

पोर्चुगलमा कोरोनाको महामारीलाई नियन्त्रण गर्न सरकारले सबैभन्दा कडा कदमहरू चालिसकेको छ। सोमबारबाट लागु हुनेगरी देशभरिका सम्पूर्ण शिक्षण संस्थाहरु बन्द गर्ने आदेश सरकारले दिएको छ।

प्लेग्रुप , स्कूलदेखि विश्वविद्यालयसम्मका सम्पूर्ण कक्षाहरु बन्द बन्द रहनेछन्। सरकारको यो निर्णयले २० लाख बिद्यार्थीहरु प्रभावित हुनेछन्।

अप्रिल ९ तारिखमा पोर्चुगलको सरकारले यो निर्णयको पुनर्मूल्यांकन गर्नेछ। पोर्चुगलमा कोरोना संक्रमणमा नियन्त्रण गर्न सकिएमा शिक्षण संस्थाहरु अप्रिल १३ बाट पुनः संचालन हुने जनाईएको छ।

दुई हप्ता अघि देशका विभिन्न भागमा केही शिक्षण संस्थाहरु बन्द गरिएतापनि बिहीबार पोर्चुगलको सरकारले निर्णय गर्यो कि , ” सोमबारबाट देशभरका सबै शिक्षा प्रतिष्ठानहरू, डे केयर सेन्टरदेखि युनिभर्सिटीहरू सम्म बन्द गरिनेछन् ।”

संसारभर र पोर्चुगलमा पनि तिब्र रुपमा महामारीको रुपमा फैलिरहेको कोरोनाको संक्रमण कम गर्न हजारौं अभिभावकहरू घरमा बस्न र बच्चाहरूको हेरचाह गर्नबाहेक अरू कुनै विकल्प छैनन् ।

युरोपमा कोरोनाको तिब्र संक्रमणपछि शिक्षण संस्थाहरु बन्द गर्ने पोर्चुगल पहिलो देश होइन। यसघि नै इटाली, पोल्याण्ड, बुल्गारिया, डेनमार्क, नर्वे, ग्रीस, टर्की, आयरल्यान्ड र केही क्षण अघि फ्रान्स र स्पेनले पनि सम्पूर्ण शिक्षण संस्थाहरु बन्द गर्न लगाएको छ।

पछिल्लो समयमा विभिन्न स्कुलका बिद्यार्थीहरुमा र तिनको अभिभावकहरुमा कोरोना संक्रमण देखिएपछि र यसको संख्या तिब्र बिस्तार भएपछि कोरोनाको संक्रमण कम गर्न सरकारले शिक्षण संस्थाहरु केही समयको लागि बन्द गर्ने निर्णय गरेको हो।

पोर्चुगलले हालसम्म ७८ जनामा कोरोना संक्रमण भएको पुष्टि भईकेको छ र दैनिक संख्या बढ्ने आशा गरिएको छ । जोन्स हपकिन्स स्वास्थ्य संस्थानका अनुसार विश्वमा एक लाख २७ हजार बढी कोरोना संक्रमण भएको, ६८ हजार ३०० लाई निको भईसकेको र ४७०० को मृत्यु भएको तथ्यांक छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार