करी काब्राल अस्पतालका फर्मासिष्ट नै कोरोना संक्रमित, ३० जना कर्मचारी क्वारेन्टाइनमा ।

लिस्बन।

करी काब्राल अस्पतालमा कार्यरत एक कर्मचारी कोरोना संक्रमित भएका छन्। उनमा कोरोना देखिएपछि उनीसंग सम्पर्क भएका ३० जना जना कर्मचारीहरुलाई क्वारेन्टाइनमा राखिएको छ।

क्वारेन्टाइनमा राखिएका ३० जना कर्मचारीमा डाक्टर, नर्स र डाईग्नोस्टिक टेक्नीशियन सहित अन्य कर्मचारीहरु रहेका छन्।

कोरोना संक्रमित फार्मासिष्टका सम्पर्कमा रहेका ३० जनामै कोरोनाका लक्षणहरु देखा परेका छैनन् तर सम्भावित खतराबाट बच्न ति तिसै जनालाई १५ दिनसम्मको लागि क्वारेन्टाइनमा राखिएको अस्पताल श्रोतले जनाएको छ।

पोर्चुगलमा हालसम्म कोरोना संक्रमितको संख्या ७८ पुगेको छ। कोरोनाको सम्भावित संक्रमणबाट बच्न देशभरीका शिक्षण संस्थाहरु बन्द गरिएका छन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार