साथीकी बहिनीलाई देउसी खेल्न बोलाएर करणी गर्ने अखिलका नेतालाई ८ वर्ष कैद

काठमाडौं ।

आफ्नै साथीकी बहिनीलाई करणीको आरोप लागेका अनेरास्ववियुका केन्द्रीय सदस्य एवं रत्न राज्य क्याम्पसका स्ववियु सह-सचिव ईन्द्रहाङ राईलाई अदालतले दोषी ठहर गर्दै ८ वर्षको कैद सजाय सुनाएको छ । काठमाडौं जिल्ला अदालतले नेता राईलाई ८ वर्षको जेल सजाय सुनाएको हो ।

बलात्कारको आरोपमा पक्राउ परेका राईलाई सात देखि दश बर्षसम्मको जेल सजायको माग गर्दै सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा हालेको थियो। उक्त मुद्दामा राईको बयान र थुनछेक बहश पछि काठमाडौं जिल्ला अदालतका न्यायधिश विनोदकुमार पोखरेलको ईजलासले उनलाई थुनामा पठाउने निर्णय गरेको थियो ।

राईलाई जिल्ला अदालत काठमाडौंका न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले ८ वर्ष ६ महिना जेल सजायको फैसला सुनाएको हो । राईमाथि १ लाख ५० हजार क्षतिपुर्ति भराउन पनि आदेशमा भनिएको छ ।

राईले तिहारको बेला आफ्नै साथीकी बहिनीलाई भैली खेल्ने बहानामा काठमाडौं माकलबारीस्थित आफन्तको घरमा लगेर बलात्कार गरेको आरोप थियो। पिडितले उजुरी गरेपछि प्रहरीले अनुसन्धान शुरु गर्दा बलात्कार भएको हो भन्ने निश्कर्षमा प्रहरी पुगेपछि मुद्दा दायर गरेको थियो।

माकलवारीको दिल बहादुर तामाङ र डोल्मा तामाङको घरको साँचो समेत लिएका राईले साथीको वहिनीलाई बोलाएर कार्तिक ११ गते सोमबार अपरान्ह जवर्जस्ती करणी गरेका थिए। घटनाको बारेमा युवतीले प्रहरीलाई १२ गते विहान ३ वजेतिर खबर गरेकी थिइन्।

खोटाङ घर भई बुढानिलकण्ठ बस्दै आएका राई सत्तारुढ नेकपा निकट अनेरास्ववियुका केन्द्रीय सदस्य, आरआर क्याम्पसका स्ववियु सहसचिव थिए । करणीको घटना वाहिरिएसँगै उनको पद गइसकेको छ ।

झापा हल्दिवारी गाउपालिका १ घर भइ किर्तिपुर दिदीसँगै बस्ने युवती दिदीकै साथी राईबाट जवर्जस्ती करणीमा परेकी थिइन् । पिडित युवतीले वलात्कार गरेको आरोप लगाएपछि पक्राउ परेका राईले भने सहमतिमै सम्पर्क गरेको दावी गरेका थिए।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार