लिस्बन।

पोर्चुगलमा कोरोनाको संक्रमणमा तिब्रता आएसंगै क्यारिसले आफ्ना सम्पूर्ण बस र वाहनहरु दैनिक बिशेष सफाई गर्ने भएको छ। क्यारिसले आजदेखि नै आफ्ना सम्पूर्ण वाहनहरुको बिशेष सफाई शुरु गरिसकेको छ।
राजधानी लिस्बन र अन्य क्षेत्रमा चल्ने सार्वजनिक बस लगायत अन्य वाहनहरु दैनिक सडकमा गुड्ने र आममान्छे र यात्रुहरुद्वारा वाहनका विभिन्न क्षेत्र र विन्दुहरू यात्रुहरुले छुने भएकोले कोरोनाको संक्रमण रोक्न धेरै छोईएको क्षेत्रहरू र सम्पर्क बिन्दुहरूमा स्वास्थ्य निर्देशनालयद्वारा निर्धारित उपायहरु अनुसार विशेष ध्यानको साथ दैनिक सरसफाई गरिनेछन्।

सार्वजनिक यातायातमा कोरोनाको संक्रमणबाट बच्न के गर्ने ?
१. सार्वजनिक यातायात रोक्ने बटन ( STOP ) नाङ्गो औलाले नछुने, पन्जा वा टिस्यु पेपर प्रयोग गर्ने।
२. सार्वजनिक यातायातको सहतमा सकेसम्म नछुने वा पन्जा वा टिस्यु पेपर प्रयोग गर्ने।
३. सार्वजनिक यातायातको कुनैपनि सहतमा नाङ्गो हातले छोईएपछि, हात राम्ररी साबुन पानीले नपखाली वा अल्कोहल सेनिटाइजले हात डिजिनफ़ेक्ट नगरी अनुहार, आँखा , मुख आदि ठाउँमा नछुने।
४. भिडभाडमा सकेसम्म मास्कको प्रयोग गर्ने।





कोरोना भाइरसका कारण पोर्चुगलमा देशब्यापी स्टेट अफ अलर्ट, सरकारले आपतकालिन राज्य घोषणा !
पोर्चुगलको सरकारले कोरोना संक्रमणसँग जुध्न देशब्यापी स्टेट अफ अलर्ट जारी गरेको छ । सोमबारदेखि पोर्चुगलमा सबै विद्यालय र विश्वविद्यालयहरु बन्द हुने भएका छन् । स्टेट अफ अलर्ट विगतमा आगलागीका बेलामा र इन्धन आपूर्तिमा अवरोधका बेलामा जारी गरिएको थियो ।
पोर्चुगलका राष्ट्रपति केहीदिनदेखि सेल्फ क्वारेन्टाइनमा रहेका छन् । पोर्चुगलमा सकभर सबैकामहरु रद्द गरेर घरभित्रै बस्न भनिएको छ । अहिलेसम्म पोर्चुगलमा ११२ जनामा कोरोनाको संक्रमण पुष्टी भएको छ । आजमात्रै थप ३४ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
पोर्चुगलमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा त्यहाँ रहेका नेपालीहरुमा पनि त्रास बढेको छ । युरोपका देशहरुमध्ये पोर्चुगलमा नेपालीहरुको संख्या उल्लेख्य रहेका कारण उनीहरु काममा जान समेत त्रसित हुन थालेका छन् ।
अहिलेसम्म विश्वमा कोरोना संक्रमितको संख्या १ लाख ३९ हजार ६ सय ३७ पुगेको छ । मृतकको संख्या ५ हजार १ सय २० पुगेको छ । चीनमा संक्रमित दर अत्यन्तै कम भइरहेको छ भने मृत्युदर पनि कम भइरहेको छ । तर युरोप र एसियामा संक्रमण दर उच्च बनेको छ ।
स्पेनमा आजमात्रै थप ११८८ मा कोरोना संक्रमण पुष्टी भएको छ भने इरानमा आजमात्रै १२८९ जनामा कोरोना संक्रमण भएको छ । इटलीमा कोरोना संक्रमितको संख्या १५ हजार १ सय १३ पुगेको छ ।
युरोपको शेंगेन क्षेत्रमा कोरोनाको संक्रमण छिटो फैलिएको देखिएको छ । शेंगेन क्षेत्रभित्र पर्ने इटली, स्पेन, जर्मनी, फ्रान्स र स्वीट्जरल्याण्डमा सबैभन्दा धेरै प्रकोप देखिएको छ । त्यस्तै युरोपका नर्वे, स्वीडेन, नेदरल्याण्ड, डेनमार्क, बेल्जियम, अष्ट्रिया पनि कोरोनाबाट उच्चरुपमा प्रभावित छन् ।
















