१७ लाख नगद घुससहित एकै कार्यालयका ५ कर्मचारी रंगेहात पक्राउ !

बुटवल ।

१७ लाख घुससहित नापी कार्यालय रुपन्देहीका ५ कर्मचारी पक्राउ परेका छन् ।

घुस लिदै गर्दा नापी अधिकृत सरोज श्रेष्ठ, सर्भेक्षक तीर्थराम भण्डारी, सर्भेक्षक थानेश्वर चौधरी, मालपोत कार्यालयका नायब सुब्बा धर्मराज पन्थी, लेखापढी व्यवसायी जीवन शर्मा, मतियार राजकुमार अर्याललाई अख्तियारले पक्राउ गरेको हो ।

उनीहरुले समेतले जग्गाको कित्ताकाटमा सहजीकरण गरिदिने भनि सेवाग्राहीसंग घुस लिएको अख्तियार बुटवलले जनाएको छ ।

उनीहरुलाई बुलटवलले सिद्धार्थ नगरपालिका १३ अशोका होटल नजिकबाट अख्तियारको टोलीले पक्राउ गरि थप अनुसन्धान थालिएको अख्तियार कार्यालय बुटवलले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार