पिडीत किसानहरूका लागि सभासद मरासैनीद्वारा क्षतीपुर्तीको जोडदार माग ।

– भोला लामिछाने।

गएको शनिबार राती हावाहुरी रअसिनापानी ले पीडित फेदिखोला गाउॅपालिका स्याङ्जाका किसानहरूलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सांसद नारायण प्रसाद मरासैनीले सरकारसॅग जोड्दार माग गरेका छन् । गाँउपालिकाको १ ,२,३,४ वडामा किसानहरूले लगाएको तरकारी खेती तथा गहुँ बाली पूर्ण रुपमा क्षति पुर्याए सगै सभासद मरासैनीले नेपाल सरकार समक्ष क्षेतीपुर्तीको माग गरेका हुन् ।

फेदीखोला गाउपालीकामा कृषिमार्फत किसानहरूलाई स्वरोज़गार बनाउने अभियान सञ्चालन गर्दै कृषी पेशामा उत्साहका साथ लागेका दाजुभाई दिदीबहिनी हरू असीना पानी हावाहुरी असरले चिन्तित बनेको गाउपालीका अध्यक्ष घनश्याम सुवेदीले बताएका छन् । म आफै पिडीतहरूलाई भेटे तरकारी गहु पाकेर भित्तियाउने समयमा असीनाले खायो किसान दाजुभाई दिदीबहिनीहरूले दुखेसो पोखेको बताए । हामीले नै किसानहरूलाई व्यवसायीक तरकारी खेती गर्न हौषला दिदै सबै जागरूक हुनुभएको थियो यो पाली गएको बर्षभन्दा कृषि उत्पादन वृद्वि हुने अवस्था पनी थियो तर असिनापानीले ठुलो क्षति पुर्यायो प्राकृतिक बिपत्तिले बर्बाद बनायो सुवेदीले बताए ।

असीना पानी हावाहुरीले तरकारी खेती कुखुरा व्यवसाय समेत गरी क़रीब ६ करोडको क्षेती पुर्याईएको अनुमान गाउपालीकाले गरेको छ । कुखुरा पालेका किसान लाई समेत असिना पानी हावाहुरीले खोर भत्काईदिएको देख्न सकीन्छ साथै दानामा समेत क्षति सगै सबै लगानी डुब्ने अवस्थामा पुगेको छ ।

गाउपालीका अध्यक्ष घनश्याम सुवेदीले पिडित किसान हरूलाई राहत सहयोग उपलब्ध गराउने आश्वासन दिए सगै सासद मरासैनीले उक्त क्षेतिको माग गरेका हुन् । माननीयको माग सगै पिडित किसानहरू राहत उपलब्ध हुनेमा ढुक्क बनेका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार