बेलायतमा अफ्ठ्यारो परेका विधार्थीको लागी रोजिनाले निशुक्ल खाने-बस्ने सहयोग गर्ने ।

– भोला लामिछाने।

बेलायत निवासी महिला समाजसेवी एवं अभियन्ता रोजिना प्रधान राईद्वारा भर्खरै बेलायत आएर हालको कोरोना भाईरसको कारणले दैनिक जिवनमा अफ्ठ्यारोमा परेका नेपाली बिधार्थी भाईबहिनीहरूलाई सहयोग गर्ने भएकी छिन् ।

यतिबेला काेराेना भाईरस विश्वमा तिब्र गतीमा फैलीरहदा यसको संक्रमणका कारण बेलायत पनि लकडाउन गरिएको छ । यसबाट बेलायतमा आफ्नो सुनौलो भविस्यका लागी भर्खरै यहा आएका बिधार्थीहरूको समस्यालाई मध्यनजर राखेर सबैले आ -आफ्नो ठाउबाट सकेको सहयोग गरेको खन्डमा केही राहत मिल्ने बताउदै राईले बस्न खानाको लागि अति आवश्यक परेमा ४ जना सम्मको लागि निशुल्क खाना र कोठा उपलब्ध गराउने भएकी छिन् ।

काठमाडौंमै जन्मे हुर्केपनि अहिलेको स्थानमा आइपुग्न धेरै संघर्ष गर्नुपरेको सुनाउने रोजिना उच्च शिक्षाका लागि बेलायत आएपछि कामको खोजीमा भौंतारिनु परेको पीडादायी क्षणदेखि दिनको २० घण्टासम्म काम गर्नुपर्दाको कष्टकर दिनचर्याले आफ्नो आत्मबल झन् बलियो भएको बताउछीन् , ‘म आफैं दुःख, संघर्ष पार गरेर आएकाले अरुको दुःख, पीडामा साथ दिन रुचाउंछु” उनले भनिन् ।

एडंलिड स्किन युनिभर्सिटीबाट विजनेश एडमिनिस्ट्रेसनमा मास्टर्स गरेकी उनले युनिभर्सिटी अफ वेष्ट लन्डनमा नर्सिंङ अध्यन समेत गरेकी छन् । उनलाई आमा बाबा, श्रीमान हिराधन राई, सासु ससुरा र अग्रजहरुले समीजसेवामा प्रेरित गरेको बताउछीन् । खोटाङमा इ-लाइब्रेरी निर्माण तथा नेपालमा भूकम्पका समयमा पनि उद्दार र सहयोगमा जुटेकी रोजिना बेलायतमा निरन्तर हुने च्यारिटीमा आफ्नो क्षमताले भ्याएसम्म सहयोग गर्छीन् ।

रोजिनाले सामाजिक कार्य निरन्तरता दिनको लागि रोजीहिरा फ़ाउण्डेशनको स्थापना गरेकी छिन। उनी एनआरएनए युकेकी उपाध्यक्ष पनि हुन्। उनी टुडेज वुमन, गुन्युचोली तथा सांस्कृतिक पोशाक राष्ट्रिय सचेतना अभियान, नवनारी नेपाल आदि अवार्ड द्वारा सम्मानित भईसकेकी छिन् ।

सिधा सम्पर्कका लागी 07482242000 रोजिना / हिराधन राई, रोजीहिरा फ़ाउण्डेशन, बेलायत ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार