एनआरएनए केन्द्रीय मिडिया समिति गठन, पोर्तुगलबाट पत्रकार राजकुमार थापा मनोनित !

लिस्बन।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदले १९ सदस्यीय संचार तथा प्रकाशन समितिको गठन गरेको छ। उक्त समितिमा पोर्चुगलबाट पत्रकार राजकुमार थापा चयन भएका छन्। वर्ल्ड नेपली डटकम का प्रधान सम्पादक थापा नेपाल पत्रकार महासंघ बेलायत शाखामा आबद्ध थिए। उनी नेपाल पत्रकार महासंघ पोर्तुगल शाखा तदर्थ समितिका सह-संयोजक हुन्।

त्यस्तै सदस्यमा युरोपक्षेत्रबाट स्पेनका बसन्त रानाभाट, बेलायतका नवीन पोखरेल र बेल्जियमका डिल्ली अम्माइ मनोनित भएका हुन् ।

उक्त समितिको सहसंयोजकहरुमा हेमन्त काफ्ले, होम लम्साल, कृष्ण केसी, मेघराज सापकोटा र अन्य सदस्यहरुमा भवानी पन्त, विजय ज्ञवाली, गोकर्ण लामिछाने, गोकुल ढकाल, किशान राई, निरु त्रिपाठी, रामप्रसाद ढुङेल, ऋषि आचार्य, शुक्र मोक्तान, सुर्य थापा रहेका छन् ।

यसैगरी नेपालबाट संयोजन गर्नकालागि अशोक घिमिरे, बिनेश खनाल, चन्दा थापा, चन्दन मण्डल, किरण बुढाथोकी नारायणी लामिछाने, संजिता देवकोटा र उद्दव भट्टराईलाई मनोनयन गरिएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार