लिस्बन।

कोरोना भाइरस सम्बन्धी सामाजिक संजालमा सम्प्रेषित कयौ सूचनाहरु , तथ्यांक र संदेशहरुले आम जनमानसमा भ्रम पैदा भएपछि पोर्चुगलको साइबर क्राइम महाशाखासंग सहकार्य गर्दै सेफले कडा निगरानी र कारवाही अगाडी बढाएको छ।
सामाजिक संजाल र विभिन्न अनलाइन प्लेटफर्महरुमा सम्प्रेषित भएका सूचनाहरु , तथ्यांक , संदेश र समाचारहरु सत्य नहुन पनि सक्छन्। गलत सूचना, जानकारी तथ्यांक , संदेश र समाचारहरुहरुले सर्वसाधारणहरु भ्रममा पर्ने र त्यसले उल्टै असहयोग हुने वा गलत उपायहरुको अवलम्बन हुने र दुर्घटना निम्त्याउने भएकोले सम्बन्धित देशको विश्वसनीय श्रोतको तथ्यांक, सूचना र समाचारहरु मात्रै सम्प्रेषित गर्नु उत्तम उपाय हो।
यदि तपाईहरु कोरोना भाइरस सम्बन्धी बिज्ञ हुनुहुन्न भने, अविश्वसनिय श्रोतबा सम्प्रेषित भएका सूचनाहरु , तथ्यांक , संदेश र समाचारहरु शेयर वा पुनसम्प्रेषण नगर्नु नै बुद्धिमानी हुनेछ।
पोर्चुगलको हकमा हरेक दिन यहाँको स्वास्थ्य महानिर्देशनालायले दिनको १२ बजे पत्रकार सम्मेलन मार्फत अपडेट गर्ने गर्दछ। त्यस्तै नयाँ सूचना वा जानकारी भए सेफले आफ्नो अफिसियल च्यानलहरुमार्फत सूचना दिने गर्दछ।
सेफले पोर्चुगल सरकारका आधिकारिक च्यानलहरु जस्तै स्वास्थ्य महानिर्देशनालाय, सेफ (Serviço de Estrangeiros e Fronteiras) वा बिश्व स्वास्थ्य संगठन को सूचना, तथ्यांक र जानकारीहरुलाई मात्रै आधार बनाउन अनुरोध गरेको छ।
















