जुभेंटसका स्ट्राइकर डायबाला कोरोना संक्रमित !  

एजेन्सी।

इटालीमा कोरोनाको प्रकोप बढ्दै जाँदा अर्जेन्टिनाका अन्तर्राष्ट्रिय खेलाडी तथा जुभेंटसका स्ट्राइकर पाउलो डायबाला कोरोना संक्रमित भएका छन्।

डायबाला सहित जुभेंटस फुटबल क्लबका ३ जना खेलाडीहरुमा कोरोना संक्रमित भईसकेका छन्।

जुभेन्टसका स्ट्राइकर पाउलो डाइबालाले पुष्टि गरे कि उनी र उनकी प्रेमिका ओरियाना सबातिन दुबैमा कोरोना संक्रमण देखिएको छ।

डायबालामा कोरोनाका लक्षणहरु देखिएपछि गत हप्ता परीक्षण गरिएको थियो। उनमा कोरोना पोजिटिभ देखिएपछि हाल उनि घरमै आइसोलेशनमा छन्।

उनले ट्वीट र सामाजिक संजाल फेसबुकमा पोष्ट गर्दै भनेका छन् कि , ” म तपाईंलाई केवल यो सूचित गर्न चाहान्छु कि म र मेरी प्रेमिका दुवै कोविड १९ बाट संक्रमित छौ। ”

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार