रमेश कँडेल, बेल्जियम।

बेल्जियममा कोरोना भाईरसबाट संक्रमितको संख्या ३४०१ पुगेको छ भने हालसम्म ७५ जनाले आफ्नो ज्यान गुमाएका छन्।
गत २४ घन्टामा ३३५ जना COVID-19 संक्रमितहरुलाई अस्पताल भर्ना गरिएको छ। जसमध्य ७६ जना उपचार पछी घर फर्किएका छन्।
बेल्जियमको Rode Duivel का पुर्व फुटबल खेलाडी Marouane Fellaini लाई कोरोना भाईरस पोजेटिभ भएको जानकारी आएको छ।
त्यस्तै स्वास्थ्यमन्त्री Maggie De Block ले स्थानिय एक पत्रिका ‘De Zondag’ मा दिएको अन्तर्वार्ता अनुसार बेल्जियममा कोरोनासंकट अझै ८ हप्ता लाग्नेकुरा बताएकि छिन्।
बेल्जियममा अहिले छिमेकि देशमा जानआउन कडाई गरिएको छ। बिनाकारण एउटा एउटा शहरबाट अर्को शहर तथा समुन्द्रीकिनार नजान पनि भनिएको छ।
किनमेलको लागि १ जना, घरनजिकै बाहिर घुम्न आफ्नो परिवारका साथ पाईने जनाईएको छ। एक्लै वा एकजना पाट्नरसंग हिडडुल गर्न पाईने छ।
दुईजना भन्दा बढी हिडडुल गरिएको पाईएमा प्रहरीहरुले आर्थिक जरिवाना सहीत ३ महिना जेल राख्न सक्नेछन्।
















