लिस्बन।

पोर्चुगलमा कोरोना भाइरस ( कोविड – १९) बाट मृत्यु हुनेको संख्या १४ पुगेको छ भने हालसम्म १६०० जना संक्रमित भएका छन्।
पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको छ भने ३२० जना थप संक्रमित भएको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ।
कोरोना संक्रमणको उपचारपछि हालसम्म ५ जना निको भईसकेका छन्।
कोरोना संक्रमितहरुमध्ये १० जना बिदेशी नागरिक रहेको तथ्यांकमा उल्लेख छ।
















