लिस्बन।

पोर्चुगलमा आपतकालीन अवस्थाको अवज्ञा गर्ने सात जना पक्राउ परेका छन्।
आपतकालिन अवस्था अन्तर्गत राज्यको कानुनको अवज्ञाको अपराधमा सुरक्षा बलद्वारा हिजो सात जनालाई पक्राउ गरेको आन्तरिक प्रशासनमन्त्री इडुआर्डो काब्रिताले जानकारी दिएका छन्।
उनीहरुमाथि कानुनी कारवाही अगाडी बढाईएको छ।
अनिवार्य क्वारेन्टाइनमा रहेका नयाँ कोरोनाभाइरस संक्रमित वा जोखिम समूहमा व्यक्तिहरूले सम्बन्धित निकायमा जानकारी दिएमा स्थानीय स्वास्थ्य अधिकारीहरू स्थानीय तहको सुरक्षा बलसहित सम्पर्कमा आउने जानकारी दिईएको छ।

















