लिस्बन।

पोर्चुगलमा कोरोना भाइरस ( कोविड – १९) बाट संक्रमित हुनेको संख्या २०६० पुगेको छ भने हालसम्म २३ को मृत्यु भएको छ।
कोरोना संक्रमण पछिल्लो २४ घण्टामा थप ९ जनाले ज्यान गुमाएका छन् भने ४६० जना थप संक्रमित भएको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ।
कोरोना संक्रमणको उपचारपछि हालसम्म १४ जना निको भईसकेका छन्।
कोरोना संक्रमितहरुमध्ये ११ जना बिदेशी नागरिक रहेको तथ्यांकमा उल्लेख छ।
स्वास्थ्य महनिर्देशनालयले हरेक दिन दिउसो १२ बजे पत्रकार सम्मेलन मार्फत् पछिल्लो २४ घण्टाको अपडेट र सरकारका नयाँ निर्णयको अपडेट गर्ने गर्दछ।
















