लण्डनमा एक नेपाली युवाको असमायिक निधन !

लण्डन ।

साउथ इष्ट लण्डनको प्लमस्टिडमा बसोबास गर्दै आएका चितवनका ४० वर्षीय प्रशान्त अर्यालको असमायिक निधन भएको छ ।

निवासमै अस्वस्थ भएपछि उनलाई एम्बुलेन्स बोलाई शनिबार क्वीन एलिजावेथ अस्पताल लण्डनमा उपचारको लागि लगिएको थियो। गए राति उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए।

चितवन बसैनी घर भएका अर्याल करिब २३ वर्षदेखि लण्डनमा परिवारसंग बसोबास रहेको बुझिएको छ। चितवन एड ट्रष्ट युकेका अध्यक्ष जीवन सेनका अनुसार परिवारलाई अस्पतालले उनको निधन भएको जानकारी दिए पनि शव हेर्न दिएको छैन ।

मृतक अर्याल श्रीमती र एक छोरा, एक छोरीका साथ लण्डनमा बस्दै आईरहेका थिए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार